YouTube Link

इन्ग्लिश प्रिमियर लिग फुटबलमा लेष्टर सिटीको फराकिलो जित

Facebook Link

इन्ग्लिश प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले फराकिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा लेष्टरले १० खेलाडीमा सिमित साउथह्याम्पटनलाई ९-० गोलको फराकिलो अन्तरले हराएको हो । साउथह्याम्पटनको मैदानमा लेष्टरलाई जित दिलाउन जेमी भर्डी र आयोजे परेजले ह्याट्रिक गरे । यस्तै बेन चिलवेल, युरी टेलिमान्स र जेम्स म्याडिसनले एक एक गोल गरे ।

खेलको १२ औं मिनेटमै रायन बेरट्राण्डले रातो कार्ड पाउँदा घरेलु टिम पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो । यो फराकिलो जितसँगै लेष्टरले प्रिमियर लिगमा २४ वर्ष पुरानो कीर्तिमानसँग बराबरी गरेको छ । प्रिमियर लिगमा पछिल्लो २४ वर्षपछि पहिलोपटक ९-० को जित निस्किएको हो । यसअघि सन् १९९५ मा म्यानचेस्टर युनाइटेडले इस्प्विचविरुद्ध ९-० को जित निकालेको थियो । यो जितसँगै लेष्टर लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ । १० खेलबाट लेष्टरले २० अंक जोडेको छ । १८ औं स्थानको साउथह्याम्पटनको ८ अंक रहेको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:३३

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरिएको छ...

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:१८

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा...

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०९

काठमाडौं: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम...

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०७:१९

काठमाडौं: आसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत नेपालले युएई त्रिकोणात्मक सिरिजको...

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०६:५२

काठमाडौं: १०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ...