YouTube Link

इरानलाई २७४ को फराकिलो रनले हराउँदै नेपालको सानदार जित

Facebook Link

काठमाडौं: कप्तान देव खनालको कीर्तिमानी शतकमा नेपाली युवा टोलीले एसिसी यू–१९ प्रिमियर कपमा सानदार सुरुवात गरेको छ । इरानलाई २७४ को फराकिलो रनले पराजित गर्दै विजय सुरुवात गरेको हो ।

नेपालले दिएको ३५४ रनको विशाल लक्ष्य पछ्याएको इरान ३०.५ ओभरमा मात्र ७९ रन बनाएर अल आउट भयो । इरानलाई कम स्कोरमा रोक्न नेपालका दिपेश कँडेल र सुवास भण्डारीले समान ३ विकेट लिए ।

घातक बलिङ गरेका सुवास भण्डारीले ८.५ ओभरमा ४ मेडन राख्दै ६ रन खर्चेर ३ विकेट लिए । दिपेश कँडेलले ७ ओभरमा ३ मेडन राख्दै ४ रन दिएर ३ विकेट लिए । आकाश चन्दले र हेमन्त धामीले समान २ विकेट लिए । विकेट किपर अमेर खोर्सान्दले बनाएको ३७ रन नै इरानका लागि सर्वाधिक रह्यो । सावेर इब्राहिमिपोउर ११ रनमा नटआउट रहे । अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

त्यसअघि इरानले टस जितेर फिल्डिङ गरेपछि ब्याटिङ गरेको नेपाल ४०.१ ओभरमा ३५३ रन बनाएर अल आउट भयो । इरानविरुद्ध कप्तान देव खनालले कीर्तिमानी शतक प्रहार गरे । देवले ६० बलमा १२ चौका र ४ छक्का प्रहार गरे ।

तेस्रो विकेटका लागि कप्तान देव खनाल र दिपक बोहोराले १६६ रनको शतकिय साझेदारी गरेपछि नेपाल विशाल योगफल बनाउन सहयोग गरे । बोहोरा र खनालले ९८ बलमा १६६ साझेदारी गरे । दीपक ५९ बलमा ५ चौका र २ छक्कासहित ६५ रनमा आउट भए ।

विकेटकिपर दीपक प्रसाद डुम्रे ६९ रनमा आउट भए । दीपेश कंडेल २९, आकाश चन्द १९,  हेमन्त धामी २३, सुवास भण्डारीले १८ रन थपे । आकाश त्रिपाठी ३ रनमा आउट हुँदा ओपनर अर्जुन कुमाल र मिलन बोहोरा गोल्डेन डक आउट भए ।

इरानका लागि दद्रहमान राइसी र लमान निज्मान्दले समान ३ विकेट लिए । समान शेखी र जियाद राइसीले समान दुई विकेट लिए । समूह चरणको दोस्रो खेलमा नेपालले आइतबार बहराइनविरुद्ध खेल्नेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...