YouTube Link

मंगोलियामाथि महिला भलिबल टिमको सान्त्वना जित

Facebook Link

 

काठमाडौं: चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत नेपालको महिला भलिबल टिमले मंगोलियामाथि सान्त्वना जित हात पारेको छ ।

 

शनिबार देकिङ स्पोर्ट्स सेन्टर जिम्नयासियममा भएको क्लासिफिकेसन म्याचमा नेपालले मंगोलियालाई ३-२ को सेटमा पराजित गरेको हो । यस जितपछि नेपाल १३ टोली सम्मिलित एसियाडको महिला भलिबलमा ११औं भएको छ । यसअघि नेपालले लगातार चार खेल हारेको थियो ।

 

मंगोलिया विरुद्ध पहिलो सेट २५-१७ ले गुमाएको नेपालले त्यसपछि कमब्याक गर्दै लगातार दुई सेट जितेको थियो । दोस्रो सेट २५-१८ र तेस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पार्दै नेपालले खेलमा २-१ को अग्रता बनाएको थियो । चौथो सेटमा नेपालले लय कायम राख्न नसक्दा मंगोलियाले २५-१८ ले जित्दै खेल २-२ को बराबरी अवस्थामा पुर्‍यायो । पाँचौ तथा अन्तिम सेट १५-१२ ले आफ्नो पक्षमा पार्दै नेपालले प्रतिस्पर्धात्मक खेल जितेको हो ।

 

पहिलो पटक एसियाडमा सहभागिता जनाएको नेपालको महिला भलिबल टिमले समूह चरणको दुवै खेलमा हार बेहोरेपछि क्लासिफिकेसन म्याच खेल्नुपरेको हो । समूह चरणमा भियतनाम र दक्षिण कोरियासँग समान ३-० को सेटमा पराजित भएको थियो । त्यसपछि क्लासिफिकेसन म्याचमा भारतसँग ३-१ र हङकङसँग ३-० को सेटमा पराजित भएको थियो । पहिलो पटक एसियाडमा सहभागी भएको मिहला भलिबल टिमका लागि यो एक्सपोजर र अनुभव बटुल्ने अवसर बन्यो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...