बझाङको भाटेखोला केन्द्रबिन्दु भएर फेरि भूकम्प गयो
वि.सं.२०८० असोज २० शनिवार १२:३७
काठमाडौं: बझाङ केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । भूकम्प आज बिहान ११ बजेर ४५ मिनेट जाँदा बझाङको भाटेखोला केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
यस विषयमा विस्तृत विवरण आइसकेको छैन । यसअघि बिहीबार राति मात्र बझाङ नै केन्द्रबिन्दु दुईपटक भूकम्प गएको थियो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका बिहीबार राति १०:५२ बजे बझाङको चैनपुर केन्द्रबिन्दु भएर ४ दशमलव ३ र १२ :२३ बजे ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो । यस्तै यसअघि गत मंगलबार पनि बझाङ नै केन्द्रबिन्दु भएर दुईपटक भूकम्प गएको थियो ।
उक्त भूकम्पका कारण एक जनाको ज्यानसमेत गएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका थिए । यस्तै सयौँ घरमा क्षति पुगेको थियो ।
वि.सं.२०८० असोज २० शनिवार १२:३७