YouTube Link

रियल मड्रिड र बेल्जियमको क्लब ब्रुगले खेले बराबरी

Khanepani Dhal
Facebook Link

एजेन्सी: युएईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा रियल मड्रिडले बराबरी खेलेको छ । मंगलबार राती भएको खेलमा रियलले १० खेलाडीमा सिमित बेल्जियमको क्लब ब्रुगसँग २-२ गोलको बराबरी खेलेको हो ।

घरेलु मैदानमा दुई गोलले पछि परेको अवस्था उल्टाएर रियलले बराबरी खेलेको हो । पहिलो हाफमा २-० ले पछि परेको रियलले दोस्रो हाफमा दुई गोल फर्काएको थियो । सान्टियागो बेर्नाबेउमा खेलको नवौं मिनेटमा इमान्युएल डेनिसले गोल गर्दै ब्रुगलाई अग्रता दिलाएका थिए । खेलको ३९औं मिनेटमा डेनिसले व्यक्तिगत दोस्रो गोल गर्दै ब्रुगलाई २-० को अग्रता दिलाए ।

तर, खेलको ५६औं मिनेटमा कप्तान सर्जियो रामोसले गोल गर्दै रियललाई खेलमा फर्काउने कोशिस गरे । खेलको ८४ औं मिनेटमा रुड भोर्मेरले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा ब्रुग १० खेलाडीमा सिमित भयो । त्यसको एक मिनेट नबित्दै ८५ औं मिनेटमा कासिमिरोले गोल गर्दै रियललाई हारबाट जोगाए । बराबरीसँगै समूह ‘ए’ को रियलले पहिलो एक अंक जोडेको छ । समूह चरणको पहिलो खेलमा रियल पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग ३-० ले पराजित भएको थियो ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
कीर्गिस्तानमाथि नेपालको संघर्षपूर्ण जित

कीर्गिस्तानमाथि नेपालको संघर्षपूर्ण जित

वि.सं.२०८१ फागुन ५ सोमवार २२:३०

काठमाडौं: नेपालले कीर्गिस्तान विरूद्ध १-० गोल अन्तरको कठिन जित निकाल्दै...

लेबनानमाथि म्यानमारको सहज जित

लेबनानमाथि म्यानमारको सहज जित

वि.सं.२०८१ फागुन ५ सोमवार १७:०२

काठमाडौं: लेबनानलाई ३-१ गोल अन्तरले हराउँदै म्यानमारले फराकिलो जितसहित इन्टरनेसनल...

नेपालले कीर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दै

नेपालले कीर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दै

वि.सं.२०८१ फागुन ५ सोमवार ०८:५२

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आजदेखि अन्तर्राष्ट्रिय महिला...

महिला फुटबल प्रतियोगिताको तयारी पूरा

महिला फुटबल प्रतियोगिताको तयारी पूरा

वि.सं.२०८१ फागुन ४ आइतवार १७:५०

काठमाडौं: सोमबारदेखि काठमाडौंको दशरथ रंगशालामा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको...

महिला फुटबल टोलीकी स्टार स्टाइकर ‘साम्बा’ नेपाल फर्किँदै

महिला फुटबल टोलीकी स्टार स्टाइकर ‘साम्बा’ नेपाल फर्किँदै

वि.सं.२०८१ फागुन ४ आइतवार १२:२९

काठमाडौं: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्टाइकर सावित्रा भण्डारी...

आशिषको भाँचिएका खुट्टाको उपचार खर्च एन्फाले बेहोर्ने

आशिषको भाँचिएका खुट्टाको उपचार खर्च एन्फाले बेहोर्ने

वि.सं.२०८१ फागुन ४ आइतवार ११:१३

काठमाडौं: नेपाली राष्ट्रिय युवा टोलीका मिडफिल्डर आशिष राईको उपचारको सम्पूर्ण...