YouTube Link

उपाधिका लागि आज इंग्ल्याण्ड र स्पेन भिड्दै

Facebook Link

 

काठमाडौं: फिफा महिला विश्वकपको उपाधिका लागि आज इंग्ल्यान्ड र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो पटक विश्वकपको फाइनल पुगेका दुवै टोलीबीचको खेल अस्ट्रेलियामा नेपाली समय अनुसार पौने चार बजे सुरु हुनेछ ।

 

सेमिफाइनलमा घरेलु टोली अस्ट्रेलियालाई ३-१ गोलले पराजित गर्दै इंग्ल्यान्ड उपाधि नजिक पुगेको हो । स्पेनले स्विडेनमाथि २-१ गोलको जित हात पारेको थियो । आजको खेल जसले जिते पनि विश्वकपले नयाँ च्याम्पियन पाउनेछ । अहिलेसम्म अमेरिकाले चार, जर्मनीले दुई र जापान तथा नर्वेले एक-एक पटक विश्वकप जितेका छन् ।

 

इंग्ल्यान्ड १३ महिनाको अन्तरमा दोस्रो ठूलो उपाधि जित्ने लक्ष्यमा छ । सरिना भिगमनको टोली गत वर्ष घरेलु मैदानमा युरोपियन च्याम्पियन बनेको थियो । कप्तान मिली ब्राइटले विश्वकप जित्न जीवनकै उत्कृष्ट खेल खेल्नुपर्ने प्रतिकृया दिएकी छन् । उनको टिम ५७ वर्षदेखिको विश्वकप उपाधिको खडेरी तोड्न चाहन्छ ।

 

 

सन् १९६६ मा पुरुष टिमले विश्वकप जितेयता इङलिस सिनियर टिमले पहिलो पटक विश्वकप फाइनल खेल्न लागेको हो । समूह चरणमा ३ गोल र ३ एसिस्ट गरेकी लअरेन्स जेम्सको पुनरागमनले इङल्यान्ड उत्साहित छ ।

 

अन्तिम १६ मा नाइजेरियाविरुद्ध रातो कार्ड पाएपछि युवा खेलाडी जेम्समाथि दुई खेलको प्रतिबन्ध लागेको थियो । भिगमन दुई फरक देशलाई विश्वकप फाइनल पुर्याउने पहिलो प्रशिक्षक हुन् । चार वर्षअघि उनको देश नेदरल्यान्ड्स अमेरिकासँग पराजित हुँदै उपविजेता बनेको थियो ।

 

सन् २०१५ मा डेब्यु गरेको स्पेन तेस्रो सहभागितामा फाइनल पुग्न सफल भएको हो । प्रशिक्षक होर्गे भिल्डालाई पनि इतिहास रच्ने अवसर छ । विश्वकपअघि राष्ट्रिय टिमका १५ खेलाडीले भिल्डालाई हटाउन माग गर्दै विद्रोह गरेका थिए ।

 

त्यसका बाबजुत फुटबल संघको साथका कारण जिम्मेवारीमै रहेका भिल्डाको टिम र इङल्यान्ड विश्वकपमा पहिलो पटक आमने सामने हुँदैछन् । पछिल्लो पटक २०२२ को युरो क्वाटरफाइनलमा भेट हुँदा इङल्यान्ड दुई एकले विजयी भएको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...