YouTube Link

फिफा महिला विश्वकप फुटबल अन्तर्गत आज समूह चरणका खेल सकिँदै, नकआउट चरणमा पुग्ने टोलीको टुंगो लाग्ने

Facebook Link

एजेन्सी: फिफा विश्वकप फुटबलमा आज समूह चरणका अन्तिम दुई खेल हुँदैछन् । आज समूह ‘एच’का अन्तिम खेल हुन लागेका हो ।

समूह ‘एच’मा कोलम्बिया र मोरक्को आमने सामने हुँदा जर्मनी र दक्षिण कोरिया भिड्नेछन् । दुवै खेल अष्ट्रेलियामा दिउँसो पौने ४ बजे हुनेछ ।

आजको खेलले समूह चरणबाट नकआउट चरणमा पुग्ने टोलीको टुंगो लाग्ने छ । यो समूहबाट दक्षिण कोरिया अंक विहीन छ । र, समूह चरणबाट बाहिरिसकेको छ । कोलम्बिया ६ अंकसहित शीर्ष स्थानमा रहँदा जर्मनी दुई खेलबाट ३ अंकसहित दोस्रोमा छ । यस्तै मोरक्को पनि ३ अंकसहित तेस्रो स्थानमा छ ।

हिजो भएका खेलमा विश्वकपमा बलिया टोली मानिएका अर्जेन्टिना, ब्राजिल र इटाली समूह चरणबाटै बाहिरिएका छन् ।

शनिबार स्वीट्जल्याण्डले स्पेनको सामना गर्दा जापान र नर्वे शनिबार नै भिड्नेछन् । यस्तै आइतबार नेदरल्याण्ड र दक्षिण अफ्रिका खेल्दा स्वीडेन र अमेरिकाको खेल पनि यसै दिन छ ।

सोमबार इंग्ल्याण्ड र नाइजेरिया आमने सामने हुँदा सह-आयोजक अष्ट्रेलियाले सोही दिन डेनमार्कसँग खेल्ने छ । मंगलबार खेल्ने टोलीको टुंगो भने आज लाग्ने भएको छ । आजको समूह विजेतालले जमैकासँग खेल्दा उपिवजेता टोलीले क्वार्टर फाइनल प्रवेशका लागि फ्रान्ससँग खेल्नेछ ।

आगामी शुक्रबारदेखि क्वार्टर फाइनलका खेल हुनेछन् । सेमिफाइनलका खेल भने आगमी अगष्ट १५ मा सुरु हुनेछ भने फाइनल खेल अष्ट्रेलियामा अगष्ट २० मा हुनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...