YouTube Link

इमर्जिङ टिम्स कपमा चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच भिडन्त

World Cup 2026
Facebook Link

 

काठमाडौं: एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा आज दुई चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच भिडन्त हुँदैछ ।

 

प्रतियोगिताको समूह ‘बी’ मा रहेका यी दुवै राष्ट्र यसअघि नै प्रतियोगिताको नकआउट चरणमा पुगिसकेका छन् । सोही समूहमा रहेका नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् ।

 

बुधबार नै बिहान १०:१५ बजे नेपाल र यूएईबीच अर्को खेल हुँदै छ । जारी प्रतियोगितामा यी दुवै टोली सान्त्वना जितको खोजीमा छन् । भारत र पाकिस्तान भने समूह विजेता बन्ने होडमा छन् । यी दुवै टोलीको चार-चार अङ्क छ ।

 

समूहगत चरणको अन्तिम खेलमा विजयी हुने टोली समूह विजेता बन्दै प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्नेछ । जारी प्रतियोगितामा पाकिस्तान र भारत दुवै टोलीको प्रदर्शन स्तरीय छ । यी दुवै टोलीले अघिल्ला खेलमा आफ्ना प्रतिद्वन्द्वीलाई फराकिलो अन्तरले हराएका छन् ।

 

एसीसी इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा नेपाल बाहेक अन्य सातवटै राष्ट्रले आफ्नो ‘ए’ टोलीलाई समावेश गराएको छ । भारत र पाकिस्तानबीचको खेल श्रीलङ्काको राजधानी कोलम्बोस्थित प्रेमादासा रङ्गशालामा हुने छ ।

 

अर्कोतिर, समूह ‘ए’ बाट भने दुई टेस्ट राष्ट्र श्रीलङ्का र बङ्गलादेश क्रमशः पहिलो र दोस्रो हुँदै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् । यी दुवै टोली चार-चार अङ्कसहित सेमिफाइनलमा पुगेका हुन् । चार अङ्कसहित अफगानिस्तान तेस्रो स्थानमा रहे पनि नेट रन रेटमा श्रीलङ्का र बङ्गलादेशसँग पछाडि पर्‍यो । चौथो स्थानमा रहेको ओमानले भने खातासम्म खोल्न सकेन ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...