YouTube Link

फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्दै नेपाली फुटबल टोली

Facebook Link

 

काठमाडौं: भारतमा हुने १४औं संस्करणको साफ पुरुष च्याम्पियनसिपको तयारीका लागि फिलिपिन्स पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज घरेलु टोली फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्दै छ ।

 

रिजाल मेमोरियल स्टेडियममा हुने नेपाल र फिलिपिन्सबिचको मैत्रीपूर्ण खेल नेपाली समयानुसार अपरान्ह ४:४५ बजे शुरु हुनेछ । फिलिपिन्स बसाईंको क्रममा नेपालले घरेलु टोलीसँग एक मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

 

फिलिपिन्ससँगको मैत्रीपूर्ण खेल तथा साफ च्याम्पियनसिपका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले २३ सदस्यीय नेपाली टोली घोषणा गरेका थिए ।

 

प्रशिक्षक भिन्सेन्जोले घोषणा गरे अनुसार डिफेन्डर विमल पाण्डे, सिमान्त थापा र मिडफिल्डर लाकेन लिम्बुले तीन जनाले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । सम्भवतः फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलमा प्रशिक्षक भिन्सेन्जोले यी तीन खेलाडीलाई राष्ट्रिय टोलीमा डेब्युको अवसर दिनेछन् ।

 

भारतमा आयोजना हुने च्याम्पियनसिपको समूह ‘ए’ मा परेको नेपालले उद्घाटन खेलमा कुवेतसँग प्रतिष्पर्धा गर्नेछ । प्रतियोगितामा सहभागी हुने आठ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

 

समूह ‘ए’ मा नेपालसँगै आयोजक भारत, कुवेत र पाकिस्तान रहेका छन् । समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।

 

नेपाल र कुवेतबिचको उद्घाटन खेल ब्याङ्गलोरमा असार ६ गते हुनेछ । यो खेल नेपाली समयानुसार दिउँसो ३:४५ बाट शुरु हुनेछ ।

 

यस्तै नेपालले दोश्रो खेल असार ९ गते आयोजक भारत र समूह चरणको तेश्रो तथा अन्तिम खेलमा असार १२ गते पाकिस्तानविरुद्ध खेल्नेछ ।

 

भारतको ब्याङ्गलोरमा असार ६ देखि १८ गतेसम्म आयोजना हुने साफ च्याम्पियनसिपमा नेपालसँगै, भारत, कुवेत, पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स र बंगलादेशले भाग लिदैछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...