YouTube Link

एम्बाप्पेलाई पनि बेच्दै पीएसजी

Facebook Link

 

एजेन्सीः स्टार स्ट्राइकर किलियन एम्बाप्पेले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन छाड्ने भएका छन् । २०२४ जुनसम्म सम्झौता रहेको अवस्थामा एम्बाप्पेले नयाँ सिजन सुरु नहुँदै पीएसजी छाड्ने निर्णय लिएका हुन् ।

 

एम्पाप्पेले सम्झौता नवीकरण नगर्ने जानकारी गराएसँगै पीएसजीले उनलाई बेच्ने मनस्थिति बनाएको हो । दुई पक्षबीचको यो निर्णयसँगै स्पेनिस क्लब रियल मड्रिड एम्बाप्पेलाई भित्र्याउने तयारीमा लागेको छ ।

 

रियल मड्रिडले अघिल्ला दुई सिजनमा पनि एम्बाप्पेलाई भित्र्याउ चाहेको थियो । सफल स्ट्राइकर करिम बेन्जेमा यसै सिजन साउदी अरेबियाको अल इत्तिहादमा आवद्ध भएपछि रियल अहिले उनको विकल्पको खोजीमा छ ।

 

क्लबले २४ वर्षीय उनीसँग सन् २०२५ जुनसम्म सम्झौता नवीकरण तयारी गरेको थियो । तर एम्बाप्पेले क्लबसँग नयाँ सम्झौता नगर्ने निर्णयको पत्र पठाएसँगै उनी अब जुन २४ देखि फ्री हुनेछन् ।

 

अब उनलाई नयाँ सिजनसँगै अर्को क्लबमा बेच्ने गरी पीएसजीले छलफल अघि बढाएको छ । फ्री एजेन्टको हातमा पुग्नुअघि नै पीएसजीले एम्बाप्पेलाई चाहेको मूल्यमा बेच्नेछ ।

 

पीएसजीसँग नयाँ सम्झौता हुन नसकेको अवस्थामा अब एम्बाप्पे ट्रान्सफर मार्केटका लागि खुल्ला हुनेछन् । एम्बाप्पेले पीएसजीका कीर्तिमानी गोल गरेका छन् । उनलाई पीएसजीले सन् २०१७ मा अर्को फ्रान्सेली क्लब मोनाकोबाट किनेको  थियो ।

 

एमबाप्पेले पीएसजीमा रहँदा २६० खेलबाट २१२ गोल गरेका छन् । उनी सन् २०१८ को विश्वकप विजेता पनि हुन् । उनले फ्रान्सका लागि ६८ खेलबाट ३८ गोल गरिसकेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...