नागार्जुन भ्याली एकेडेमीलाई “गोल्डेन पिक तीज नृत्य प्रतियोगिता”को उपाधि
वि.सं.२०७६ भदौ १० मंगलवार १७:१२
1.1K
sharesकाठमाडौं: गोल्डेन पिक हाइ स्कुलद्वारा आयोजित “दोस्रो उपत्यका व्यापी गोल्डेन पिक अन्तर विद्यालयय तीज नृत्य प्रतियोगिता” राष्ट्रिय नाचघर काठमाडौंमा सम्पन्न भएको छ । नृत्य प्रतियोगिताको उपाधि नागार्जुन भ्याली एकेडेमी स्कुलले जित्न सफल भएको छ । प्रतियोगितामा सृजना ज्ञानसागर स्कुल द्वितीय तथा कौशल ईङ्गलिस सेकेण्डरी स्कुल तृतीय भएका छन् ।
प्रतियोगितामा उपत्यकाका २९ स्कुलले सहभागीता जनाएको विद्यालयका प्रिन्सिपल छत्रमणी राईले जानकारी दिए । जसमा ब्राइट एञ्जलस स्कुल चौथो, एआइए स्कुल पाँचौ, अमृत आवासीय स्कुल छैठौं, प्याराडाइज रिडर्स स्कुल सातौं, हिमरश्मी हाईस्कुल आठौं, ग्रीनल्याण्ड स्कुल नवौं र नेरिक एकेडेमी दशौं हुन सफल भएका छन् । तीज पर्वको अवसरमा आयोजित प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो, चौंथो र पाँचौं हुनेलाई क्रमश नगद रु १५ हजार, १२ हजार ८ हजार र ५ हजार नगदका साथै शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । नृत्यको निर्णायक मण्डलमा खड्ग बुढा, रेखा कटुवाल र महेश गोदार रहेका थिए ।
प्रतियोगिताका विजयीलाई कार्यक्रमका समापन समारोहका प्रमुख अतिथि प्रतिनिधि सभाकी सदस्य संघिय संसदकी माननीय रामकुमारी झाँक्रीले पुरस्कार, शिल्ड र प्रमाणपत्र वितरण गरेकी थिइन् । कार्यक्रमको उद्घाटन काठमाडौं महानगरपालिकाका उपप्रमुख उपमेयर श्री हरिप्रभा खड्गी (श्रेष्ठ)ले गरेकी थिइन् । आफ्नो कला, संस्कृतिको संरक्षण र सम्वर्धनमा टेवा पुर्या उने उदेश्यले गोल्डेनपिक हाइस्कुलले बेलाबेलामा यस्ता कार्यक्रम आयोजना गर्दै आइरहेको बिद्यालयकी निर्देशक कला राईले बताइन् ।
वि.सं.२०७६ भदौ १० मंगलवार १७:१२