YouTube Link

मलेसियासँग नेपाल पाँच विकेटले पराजित

Facebook Link

 

काठमाडौं: खराब ब्याटिङ प्रदर्शनसँगै नेपाल महिला टि-२० आई खेलमा मलेसियासँग पराजित भएको छ । नेपाली महिला टोलीले पहिलो पटक मलेसियासँग हार व्यहोरेको हो ।

 

मलेसियाले पहिलो महिला टि-२० आई खेलमा नेपाललाई ५ विकेटले हराउँदै पाँच खेलको सिरिजमा १-० को अग्रता लिएको छ । यस अघि मलेसियासँग भएका तीन टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपाल अपराजित रहेको थियो ।

 

नेपालले दिएको ५१ रनको लक्ष्य मलेसियाले १३ दशमलब २ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । मलेसियाका लागि वान जुलियाले सर्वाधिक १३ रन बनाईन् । हमिजाहले अविजित १२ रन बनाईन् । इना नजवा ८ रनमा अविजित रहिन् । नेपालका लागि कप्तान रुबिना क्षेत्री र सीता राना मगरले समान २/२ तथा कविता कुँवरले १ विकेट आफ्नो नाम गरिन् ।

 

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १६ दशमलब ५ ओभरमा ५० रन बनाउँदै अलआउट भयो । नेपालको लागि डेब्यू खेल खेलेकी सम्झना खड्काले सर्वाधिक १३ रन बनाइन् । ज्योती पान्डेले ११ रन बनाउँदा नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

 

मलेसियाका लागि नीर नुर अतिलाले ३ तथा ऐश्या एलिसा, हमिजाह र महिराह इश्लामीले समान २/२ विकेट लिइन् । नेपालका लागि मलेसियाविरुद्धको पहिलो खेलमा किर्तिका मरासिनी र सम्झना खड्काले डेब्यु गरेकी थिईन् ।

 

मलेसियासँग नेपालका दोस्रो खेल मे ३० अर्थात मंगलबार रहेको छ । जुन १ मा तेस्रो, जुन ३ मा चौथो र जुन ४ मा पाँचौ तथा अन्तिम खेल रहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...