‘ए’ डिभिजन लिग अन्तर्गत आजबाट दोस्रो लिग हुँदै
वि.सं.२०८० वैशाख १९ मंगलवार ०७:३३
काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत दोस्रो लिगगका खेलहरू आजबाट सुरु हुँदैछ । लिगको दोस्रो लिग अन्तर्गत आज दुई खेलहरु हुँदैछन् ।
जसमा एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शीर्ष स्थानको जावलाखेल युथ क्लब र पुछारको नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुनेछ । यी दुईबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
जावलाखेल आज आठौं जित निकाल्न चाहन्छ । जावलाखेल १३ खेलमा २४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पुलिस चौंथो जित निकाल्न चाहन्छ । पुलिस १३ खेलमा १२ अंक जोडेर पुछारमा छ ।
यस्तै च्यासल मैदानमा दोस्रो स्थानको थ्री स्टार क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । यी दुघबीचको दिउँसो ३ बजे सुरु हुनेछ । थ्री स्टार सातौं स्थानको खोजीमा रहेको छ ।
थ्री स्टार १३ खेलमा २२ अंक जोडेर दोस्रो स्थानमा छ । खुमलटार पाँचौं जित निकाल्न चाहन्छ । खुमलटार १३ खेलमा १३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
तीन मैदानमा जारी यस सिजनको शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा भईरहेको छ । लिग यस पटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुँदैछ ।
यस पटकको लिगमा कुल १८२ खेलहरु हुनेछ । लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले टोलीले ३ लाख पाउने छन् ।
मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।
प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।
वि.सं.२०८० वैशाख १९ मंगलवार ०७:३३