YouTube Link

एसीसी प्रिमियर कप: अपराजित रहँदै नेपाल सेमिफाइनलमा

Facebook Link

 

काठमाडौं: एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गर्दै समूह विजेता बनेको हो ।

 

नेपालले अब पहिलो सेमिफाइनल खेलमा कुवतेसँग खेल्ने भएको छ । कुवेतले समूह ‘बी’ को निर्णायक खेलमा हङकङलाई ३० रनले हराएपछि सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको हो । त्यस्तै सेमिफाइनल समिकरण पनि पूरा भएको छ ।

 

नेपाल समूह ‘ए’ को विजेता र कुवेत समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल खेल्ने भएका हुन् । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा समूह ‘ए’ को उपविजेता ओमान र समूह ‘बी’ को विजेता युएईबीच प्रतिस्पर्धा हुनेछ ।

 

समूह ‘ए’ मा नेपाल ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ शीर्ष स्थानमा रह्यो । ओमान ४ खेलमा ३ मा जित र १ खेलमा हारका साथ ६ अंकका साथ दोस्रो स्थानमा रह्यो । समूह ‘बी’ मा युएई ४ खेलमा ३ मा जित र १ खेलमा हारसहित ६ अंकका साथ शीर्ष स्थानमा रह्यो ।

 

कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ नेटरनरेटको कारण दोस्रो स्थानमा रह्यो । युएईको नेटरनरेट २.४६८ हुँदा कुवेतको ०.२२३ रह्यो । सेमिफाइनल शनिबार र फाइनल आइतबार हुनेछ ।

 

यस प्रतियोगिता विजेता टोलीले आगमी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । त्यस्तै शीर्ष तीन टोलीले आगमी जुनमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

 

नेपालले समूह चरणमा मलेसियालाई ६ विकेट, ओमानलाई ८४ रन र कतारलाई ६८ रनले हराउँदै सेमिफाइनल स्थान बनाएको थियो । साउदी अरेवियासँगको खेल भने वर्षाको कारण रद्ध भएको थियो ।

 

कुवेत पहिलो खेलमा युएईसँग १ सय ४३ रनले पराजित भएको थियो । त्यसपछि बहराइनलाई दुई विकेट, सिंगापुरलाई ४ विकेट र हङकङलाई ३० रनले हराउँदै सेमिफाइनलमा स्थान बनायो ।

 

हङकङको लागि भने बहराइनसँगको खेल वर्षाको कारण रद्ध हुनु घातक बन्यो । हङकङ ४ खेलमा २ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै तेस्रो स्थानमा रहेर बाहिरियो । बहराइन ४ खेलमा १ मा जित, २ खेलमा हार र १ खेलमा अंक बाँड्दै ३ अंकका साथ चौथो स्थानमा रहेर बाहिरियो । सिंगापुर सबै खेलमा जित विहीन हुँदै बाहिरियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...