YouTube Link

वेष्ट इण्डिजविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा भारतद्वारा तीन खेलको श्रृंखलामा अग्रता

Facebook Link

एजेन्सी: घरेलु टोली वेष्ट इण्डिजविरुद्धको दोस्रो एकदिवसीय क्रिकेट जित निकाल्दै भारतले तीन खेलको श्रृंखलामा अग्रता बनाएको छ । आईतबार राति भएको खेलमा भारतले वेष्ट इण्डिजलाई डकवर्थ लुईसको आधारमा डिएल ५९ रनले पराजित गरेको हो ।

वर्षाले प्रभावित बनाएपछि ४६ ओभरमा झारिएको खेलमा वेष्ट इण्डिजले जितका लागि २७० रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेष्ट इण्डिज ४२ ओभरमा अलआउट हुँदै २१० रनमा समेटिएको थियो । वेष्ट इण्डिजका इभान लेविसले ६५ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

वेष्ट इण्डिजका लागि कीर्तिमानी ३ सय एकदिवसीय खेलेका क्रिस गेल ११ रनमा आउट भए । वेष्ट इण्डिजलाई सस्तैमा समेट्न भारतका भुवनेश्वर कुमारले ४ विकेट लिए । यस्तै मोहमद शामी र कुलदिप यादवले २–२ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाएर २७९ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले १२० रनको शतकीय इनिङ्स खेले । शतकसँगै कोहली एकै विपक्षि टिमविरुद्ध ८ भन्दा बढी शतक बनाउने पहिलो ब्याट्सम्यान बनेका छन् । यस्तै कोहली एकै विपक्षि टिमविरुद्ध कम इनिङ्समा २ हजार रन पुरा गर्ने पहिलो भारतीय खेलाडी समेत बनेका छन् ।

वेष्ट इण्डिजविरुद्ध ३४ इनिङ्समा २ हजार रन पुरा गरेका कोहलीले रोहित शर्माले अष्ट्रेलियाविरुद्ध ३७ खेलमा बानाएको कीर्तिमान तोडेका हुन् । वेष्ट इण्डिजका लागि कार्लोस ब्रैथवेटले ३ विकेट लिए । जितसँगै भारतले ३ खेलको सिरिजमा १–० ले अग्रता बनाएको छ । यी दुईबीचको पहिलो खेल नतिजाविहीन सकिएको थियो ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:३३

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरिएको छ...

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:१८

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा...

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०९

काठमाडौं: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम...

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०७:१९

काठमाडौं: आसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत नेपालले युएई त्रिकोणात्मक सिरिजको...

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०६:५२

काठमाडौं: १०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ...