YouTube Link

वेष्ट इण्डिजविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा भारतद्वारा तीन खेलको श्रृंखलामा अग्रता

Facebook Link

एजेन्सी: घरेलु टोली वेष्ट इण्डिजविरुद्धको दोस्रो एकदिवसीय क्रिकेट जित निकाल्दै भारतले तीन खेलको श्रृंखलामा अग्रता बनाएको छ । आईतबार राति भएको खेलमा भारतले वेष्ट इण्डिजलाई डकवर्थ लुईसको आधारमा डिएल ५९ रनले पराजित गरेको हो ।

वर्षाले प्रभावित बनाएपछि ४६ ओभरमा झारिएको खेलमा वेष्ट इण्डिजले जितका लागि २७० रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेष्ट इण्डिज ४२ ओभरमा अलआउट हुँदै २१० रनमा समेटिएको थियो । वेष्ट इण्डिजका इभान लेविसले ६५ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

वेष्ट इण्डिजका लागि कीर्तिमानी ३ सय एकदिवसीय खेलेका क्रिस गेल ११ रनमा आउट भए । वेष्ट इण्डिजलाई सस्तैमा समेट्न भारतका भुवनेश्वर कुमारले ४ विकेट लिए । यस्तै मोहमद शामी र कुलदिप यादवले २–२ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाएर २७९ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले १२० रनको शतकीय इनिङ्स खेले । शतकसँगै कोहली एकै विपक्षि टिमविरुद्ध ८ भन्दा बढी शतक बनाउने पहिलो ब्याट्सम्यान बनेका छन् । यस्तै कोहली एकै विपक्षि टिमविरुद्ध कम इनिङ्समा २ हजार रन पुरा गर्ने पहिलो भारतीय खेलाडी समेत बनेका छन् ।

वेष्ट इण्डिजविरुद्ध ३४ इनिङ्समा २ हजार रन पुरा गरेका कोहलीले रोहित शर्माले अष्ट्रेलियाविरुद्ध ३७ खेलमा बानाएको कीर्तिमान तोडेका हुन् । वेष्ट इण्डिजका लागि कार्लोस ब्रैथवेटले ३ विकेट लिए । जितसँगै भारतले ३ खेलको सिरिजमा १–० ले अग्रता बनाएको छ । यी दुईबीचको पहिलो खेल नतिजाविहीन सकिएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...