YouTube Link

आवश्यक तयारी नपुगेको भन्दै स्थगित गरिएको नेकपा सचिवालय बैठक आज बस्दै

Facebook Link

काठमाडौं: विभागीय भागवण्ड सकेपछि शनिबार स्थगित भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ ।

जनवर्गीय र भातृसंगठनहरूको भागवण्डा नटुंगिएपछि हिजोका लागि बोलाइएको बैठक आवश्यक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो । एकताको अन्तिम काम टुंग्याउन हिजो ४ बजेका लागि सचिवालय बैठक डाकिएको थियो । तर तयारी नपुगेको भन्दै बैठक आजका लागि सारिएको थियो । आज बस्ने बैठकमा जनवर्गीय संगठनको इन्चार्ज तोक्ने तयारी रहेको स्रोतले जनाएको छ ।

बैठकमा प्रदेश कमिटीस्तरीय विशेष कमिटी गठनको एजेण्डा रहेको स्रोतले जनाएको छ । नेकपाले एकताका क्रममा हालसम्म जिम्मेवारी पाउन नसकेका केन्द्रीय सदस्यलाई जनसंगठन इञ्चार्ज र सहइञ्चार्ज बनाउने तयारी गरेको छ । आज वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनालको वरीयताबारे पनि कुरा हुने जनाइएको छ ।

शुक्रबारको बैठकमा नेता खनालले आफूले तीन नम्बरको वरीयता पाउनुपर्ने भनेपछि नयाँ विवाद सुरू भएको थियो । अहिले अध्यक्षद्वयपछि माधव नेपालको वरीयता रहेको छ । पार्टी एकताका क्रममा आफू चीन गएका बेला पार्टी बैठकबाट वरीयता घटाएको भन्दै खनालले आपत्ति जनाएका थिए । नेकपाले ३२ वटा विभाग र नीति अध्ययन प्रतिष्ठानको प्रमुख उपप्रमुखमा चयन गरिसकेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...