Texas College
YouTube Link

‘ए’ डिभिजन लिग अन्तर्गत आजबाट छैटौं चरणका खेलहरु हुँदै

Facebook Link

 

काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको छैटौं चरणका खेलहरु आजबाट सुरु हुँदैछ । जस अन्तर्ग आज दुई खेलहरु हुँदैछ । एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

 

च्यासल मैदानमा दुई विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्ने छन् । यी दुईबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । एपीएफ आज तेस्रो जितको खोजीमा हुनेछ । एपीएफ ७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

 

पुलिस लिगमा पहिलो जितको खोजीमा हुनेछ । पाँचौं चरणसम्म जित विहीन पुलिस पहिलो ३ अंकको योजनामा रहेको छ । पुलिस १ अंक जोडेर पुछारमा रहेको छ ।

 

यस्तै एन्फा कम्प्लेक्समा संकटा क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । यी दुई बीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । संकटा दोस्रो जितको योजनामा हुनेछ । संकटा ५ खेलमा ६ अंक जोडेर आठौं स्थानमा रहेको छ । खुमलटार तेस्रो जितको खोजीमा हुनेछ । खुमलटार ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

 

तीन मैदानमा जारी यस सिजनको शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा भईरहेको छ । लिग यस पटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुँदैछ ।

 

यस पटकको लिगमा कुल १८२ खेलहरु हुनेछ । लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले टोलीले ३ लाख पाउने छन् ।

 

मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।

 

प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...