YouTube Link

नेपालले उचाल्यो प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि

Facebook Link

 

काठमाडौं: नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा लाओसलाई २–१ गोलले हराउँदै नेपालले उपाधि जितेको हो ।

 

शुक्रबार दशरथ रंगशालामा सम्पन्न फाइनलमा नेपालले पहिलो हाफमै गोल खाएपनि उत्कृष्ट पुनरागमन गर्दै २-१ को जित दर्ता गरेको हो ।

 

लाओसले सुरुवाती अग्रता लिएको केहि मिनेटमै नेपालका आयुष घलानले बराबरी गोल फर्काए । मनिष डाँगीले अन्त्यतिर गोल गर्दै नेपाललाई उपाधि दिलाए ।

 

खेलको १७ औं मिनेटमा फोथाभोंग सांग्भिलेले गोलबाट लाओसले अग्रता लिएको थियो । खेलको २४औं मिनेटमा एरिक विष्टले दिएको पासलाई आयुष घलानले पेनाल्टी क्षेत्रभित्र सुन्दर फिनिस गरेपछि नेपालले बराबरी गोल फर्कायो ।

 

दोस्रो हाफको ५५औं मिनेटमा नेपाल अग्रता लिनबाट चुक्यो । मनिष डाँगीले दायाँ विंगबाट दिएको क्रसलाई दिपक र आयुषले ६ यार्ड बक्स भित्रबाट गोलको दिशा दिन सकेनन् ।

 

खेलको ६१ औं मिनेटमा आयुषले अग्रता दोब्बर पार्ने सुवर्ण अवसर गुमाए । नविनको क्रसमा गोलरक्षक फ्रन्ट पोस्टमा बिट भएपछि आयुषले खाली पोस्टमा हेडरलाई पोस्टको दिशा दिन सकेनन् ।

 

खेलको ८७औं मिनेटमा अन्जन विष्टले दिएको पासलाई मनिषले पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै गोल गर्दै नेपाललाई जित दिलाए ।

 

 

प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा विंगर आयुष घलान प्रधानमन्त्री थ्री नेसन्स कपको सर्वोत्कृष्ट खेलाडी घोषित भए । अवार्डसँगै उनले ५ सय अमेरिकी डलर प्राप्त गरे । आयुष भुटानविरुद्ध लिग चरणको दोस्रो खेलमा प्लेयर अफ द म्याच चुनिएका थिए ।

 

त्यसैगरी विंगर मनिष डाँगी प्लेयर अफ द म्याच चुनिए । प्रतियोगिताको फाइनलमा विजयी गोल गरेका मनिष प्लेयर अफ द म्याच बन्दै २५० डलर प्राप्त गरे ।

 

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) , राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का र महासचिव किरण राई लगायतले पुरस्कृत गरे ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...