म्यानचेस्टर युरोपा लिगको क्वार्टरफाइनलमा, आर्सनल बाहिरियो
वि.सं.२०७९ चैत ३ शुक्रवार ०७:४६
1.6K
shares
एजेन्सीः म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने आर्सनल लिगको राउण्ड अफ १६ बाट बाहिरिएको छ ।
युनाईटेड अन्तिम १६ को दोस्रो लेगको खेलमा रियल बेटिसमाथि १–० को जित निकाल्दै समग्रमा ५–१ को नतिजा सहित युनाईटेड क्वार्टरफाइनल प्रवेश गरेको हो ।
युनाईटेडको जितमा मार्कोस रासफोर्डले निर्णायक गोल गरे । खेलको ५५औं मिनेटमा क्यासमिरोको पासलाई सदुपयोग गर्दै रासफोर्डले गोल गरेका थिए ।
युनाईटेडले गोल गर्नुअघि घरेलु टोलीले रियल बेटिसले पेनाल्टीको अवसर पाएको थियो । तर टिमका कप्तान जोकिन साको प्रहार पोस्ट बाहिर रहन पुग्यो । गत हप्ता भएको पहिलो लेगको खेलमा इरिक टेन हागको टिमले ५–१ को शानदार जित निकालेको थियो ।
युनाईटेडले युरोपा लिगमा अन्तिम ८ मा स्थान बनाउँदा अर्को इङ्लिस क्लब आर्सनल भने प्रतियोगिताबाट बाहिरिएको छ । राउण्ड अफ १६ अन्तर्गत दोस्रो लेगमा स्पोर्टिङ सिपिसँग पेनाल्टीमा ५-३ ले पराजित हुँदै आर्सनल बाहिरिएको हो ।

दोस्रो लेगको खेलमा दुवै टिमले १–१ को गोलको बराबरी खेलेपछि नतिजा समग्रमा ३–३ को निस्किएको थियो ।
पेनाल्टी सुट आउटमार्फत भएको खेलको निर्णयमा आर्सनल ५–३ गोल अन्तरले पराजित बन्यो । दोस्रो लेगको खेलमा अग्रता आर्सनलले १९औं मिनेटमा ग्रानिट झाकाको गोलमा लिएको थियो । खेलको ६२औं मिनेटमा पोर्चुगलका परेसा गोन्साल्वेसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
वि.सं.२०७९ चैत ३ शुक्रवार ०७:४६


















