YouTube Link

२३औं संस्करणको बुढासुब्बा गोल्डकप आजबाट

Facebook Link

काठमाडौं: बुढासुब्बा टुबोर्ग गोल्डकपको २३औं संस्करण आजबाट सुरु हुदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी बारे धरान फुटबल क्लबले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

प्रतियोगितामा काउवार्न बजार प्रगति संघ (केबिपिएस) बंगलादेश, एभेनियर एफसी क्यामरुन, नेपाल पुलिस क्लब काठमाण्डौं, बागमती युवा क्लब सर्लाही, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) झापा, एन्फा मोरङ र आयोजक धरान फुटबल क्लब गरी ८ वटा टिमको सहभागिता रहने छ ।

प्रतियोगिता हेर्न एप अनलाइन टिकट काट्न सकिने र खेलहरुको सबै जानकारी उपलब्ध हुने व्यवस्था गरिएको छ भने खेल हेर्न आउने ६५ बर्ष उमेर माथिकालाई नागरिकता देखाए निःशुल्क प्रवेश गर्न दिने र अपाङ्गता भएका बालबालिकालाई पनि निशुल्क प्रवेश गर्न दिइने क्लबले जनाएको छ ।

उद्घाटन खेलमा आयोजक र युके एफसी भारतबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको लागि विभिन्न निकाय, संघसंस्था तथा दाताहरुबाट समेत गरेर १ करोड ९ लाख ५० हजार आय हुने अनुमान क्लबको रहेको छ । त्यसमध्ये ८५ लाख ५ हजार खर्च हुने र क्लबलाई मुनाफामा लैजाने लक्ष्य राखेको अध्यक्ष किशोर राईले जानकारी दिए ।

फागुन २० गते सम्म चल्ने प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित नगद १० लाख पाउनेछ भने उपविजेताले नगद ५ लाख पाउनेछ । उत्कृष्ट खेलाडीलाई नगद १ लाख दिइने जनाइएको छ ।

प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार दिइनेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षकलाई जनही २५ हजार पुरस्कार दिइनेछ ।

प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई ३५ हजार पुरस्कार दिइनेछ । उद्घाटन समारोहको प्रमुख अतिथि धरानका नगर प्रमुख हर्क साम्पाङ राई रहने छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...