सन्दीपले लिए पाँच ओभरमै चार विकेट
वि.सं.२०७९ फागुन ९ मंगलवार ११:५५
1.9K
shares
काठमाडौं: स्कटल्यान्ड र नेपालबीचको दोस्रो एकदिवसीय जारी खेलमा सन्दीप लामिछानेले सनसनीपूर्ण बलिङ गर्दै उनले पाँच ओभरमै चार विकेट लिइसकेका छन् ।
टस हारेर ब्याटिङमा बोलाइएका स्कटिस ओपनरहरुले फास्ट बलरहरुविरुद्ध राम्रो सुरुवात गरेका थिए । सोमपाल कामी र करण केसीले नेपाललाई सुरुवाती सफलता दिलाउन सकेनन् ।
नेपालका प्रमुख बलर सन्दीपमाथि हावी भएर खेल्ने स्कटिस टिमको रणनीति देखिएको छ । सन्दीपमाथि उनीहरु लगातार ठूला सट खेलिरहेका छन् । अर्कोतर्फ सन्दीपले पनि स्कटल्यान्डका थप तीन विकेट झारेर आफ्नो क्षमता देखाइदिएका छन् । सन्दीपले आफ्नो दोस्रो ओभरको पाचौं र छैटौं बलमा लगातार विकेट लिन सफल भएका थिए ।
विष्फोटक अन्दाजमा खेलिरहेका जर्ज मुन्सेलाई सन्दीपले बोल्ड गरेसँगै नेपाल खेलमा फर्किएको थियो । कुशल मल्लले एक विकेट थप्दै नेपालको विकेट संख्या चार पुर्याए । त्यसपछि सन्दीपले फेरि आफ्नो पाचौं ओभरमा चौंथो विकेट लिन सफल भए ।
वि.सं.२०७९ फागुन ९ मंगलवार ११:५५




















