आज ग्याल्पो ल्होसार, सरकारले दियो सार्वजानिक विदा
वि.सं.२०७९ फागुन ९ मंगलवार ०८:३०
2.2K
shares
काठमाडौं: शेर्पा लगायत महायान बौद्ध धर्मावलम्बी समुदायले ल्याल्पो ल्होसार मनाउँदै छन् । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन ग्याल्पो ल्होसार मनाउने परम्परा छ ।
आज २१५० औँ ग्याल्पो ल्होसार मनाउन लागिएको हो । ग्याल्पो ल्होसारका अवसरमा नेपाल सरकारले सार्वजनिक विदा दिएको छ ।
यो पटक बाघ वर्ष पूरा गरी खरायो वर्ष आरम्भ हुँदैछ । ल्होसार मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा विभाजन गरिएको छ ।
ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको बताइन्छ । व्यक्ति वा समाज अनुसार यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गरिन्छ ।
ल्होसार मंगोल समुदायका विभिन्न जातिले छुट्टाछुट्टै मितिमा मनाउने गरेका छन् । गुरुङ समुदायले पुस १५ मा तमु र तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन् ।
वि.सं.२०७९ फागुन ९ मंगलवार ०८:३०




















