YouTube Link

टेरामक्स प्रणाली जडान गर्दै नेपाल सरकार

Facebook Link

 

काठमाडौं: टेलिकम कम्पनीहरुले गर्ने बदमासी रोक्ने लक्ष्यसहित सरकारले टेलिकम्यूनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) जडान गर्ने तयारी गरेको छ ।

 

टेलिकम कम्पनीहरुले सेवाग्राहीलाई सेवा दिएबापत सरकारलाई बुझाउनुपर्ने विभिन्न शीर्षकको राजस्व, सेवाको गुणस्तर र कम्पनीहरुको अन्य गतिविधिमाथि निगरानी गर्ने लक्ष्यसहित टेरामक्स जडान गर्न लागेको हो ।

 

नेपाल दूसरञ्चार प्राधिकरणका अनुसार लेबनानको कम्पनी भानराइस सोलुसनले टेरामक्स प्रविधि जडानका लागि चाहिने आवश्यक सामाग्री आपूर्तिको जिम्मेवारी पाएको थियो । सोअनुसार कम्पनीले पहिलो चरणमा आवश्यक सामाग्रीहरु ल्याइसकेको छ । यही वर्षको अन्त्यसम्म टेरामक्स प्रविधि जडान गरेर काम सुरु गर्ने प्राधिकरणको लक्ष्य छ ।

 

टेरामक्स प्रणाली काठमाडौंकै चाबहिल र हेटौंडाको सेकेन्डरी डाटा सेन्टर (जीआईडीसी)मा जडान हुनेछ । यो योजनाको कुल लागत २३.७ मिलियन अमेरिकी डलर छ । दुई चरणमा हुने कामको पहिलो चरणमा आयोजनाको डिजाइन, विकास र प्रणाली जडान रहेको छ । यस्तै, दोस्रो चरण अन्तर्गत जडानकर्ता कम्पनीले आगामी ५ वर्षसम्म यो प्रणालीको व्यवस्थापन समेत सोही कम्पनीले गर्नेछ ।

 

टेरामक्स भन्नाले टेलिकम्यूनिकेसन्स ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम हो । यसले टेलिकम कम्पनीहरुले दिने सेवामाथि गहनरुपमा निगरानी गर्छ । खासगरी, टेलिकम कम्पनीहरुमा  विदेशबाट आउने अनाधिकृत फोन कल बाइपासमाथि पूर्णरुपमा निगरानी राख्छ ।

 

यो प्रविधिले राष्ट्रिय र अन्तर्राष्ट्रिय भ्वाइस डाटा ट्राफिक भोल्यूमको परीक्षण समेत गर्नेछ । यस्तै, कल रेकर्ड (सीडीआर) विश्लेषण गर्ने छ र यसबाट फ्रड पत्ता लाग्नुका साथै भ्वाइस ट्राफिकको अवस्थाबारे जाँच्ने छ ।

 

यो प्रविधिले विदेश र स्वदेशबाटै अनाधिकृतरुपमा हुने कल बाइपासको निरीक्षण समेत हुने बताइएको छ । टेलिकम कम्पनीहरुले दिने सेवाको गुणस्तरको परीक्षण समेत टेरामक्स प्रविधिले गर्ने दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

 

खासगरी, अन्तर्राष्ट्रियस्तरमा कल बाइपास गर्न लागाएर टेलिकम कम्पनीहरुले राजस्व छल्ने गरेका छन् । यस्तै, थोरै समयको सेवा दिएर धेरै समयको सेवा शुल्क काट्नुका साथै एउटा गुणस्तरको सेवा दिने भनेर लिएको शुल्कमा गुणस्तरहीन सेवा प्रदान गर्ने गरेका छन् ।

 

नेपालमा पनि पछिल्लो समय टेलिकम कम्पनीहरुको आम्दानी घटिरहेको छ । खासगरी, सामाजिक सञ्जाल प्रयोगकर्ता बढेसँगै म्यासेन्जर, भाइबर र ह्वाट्एपमार्फत हुने फोन कल आवागमनका कारणले समस्या आइरहेको टेलिकम कम्पनीहरु बताउँछन् ।

 

टेलिकम कम्पनीहरुले सार्वजनिक गर्ने त्रैमासिक प्रतिवेदनहरुमा समेत यसको प्रभाव देखिन्छ । टेरामक्स जडान भएपछि टेलिकम कम्पनीमा रहेको वास्तविक समस्या पत्ता लाग्ने र राजस्व छलि गरेको भए यसको दायरा बढ्ने र समस्या पत्ता लागेमा समाधानमा सहयोग पुग्ने प्राधिकरण बताउँछ ।

 

प्राधिकरणले टेरामक्स प्रविधि जडान गर्न विदेशबाट ल्याएको सामाग्रीमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ । खासगरी, प्राधिकरणले छनौट गरेको ठेकेदार कम्पनीले नेपाल ल्याएको टेस्ट किट, सर्भर, मोबाइल र ल्यापटपको मूल्य अधिक महँगो भएको भन्दै अख्तियारले चासो देखाएको हो ।

 

सुरुमा भन्सार विभागले नै अत्याधिक महँगो वस्तु आयात भएको भन्दै जाँचपास रोकेको थियो । तर, करिब ६ महिनापछि प्राधिकरणले धरौटी राखेर सामाग्री जाँचपास भने गराइसकेको छ । यो विषय हाल अनुसन्धानकै क्रममा छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...