YouTube Link

पाँच जनाविरुद्ध ‘स्पट फिक्सिङ’मा मुद्दा दायर

Facebook Link

 

काठमाडौं: सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा तीन खेलाडी र अरू दुई सहित पाँच जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।

 

काठमाडौं जिल्ला अदालतका अनुसार खेलाडीहरू नितेश गुप्ता, मेहबुब आलम र मोहम्म आदिल अन्सारी तथा नवीन कँडेल र रवि माझीविरुद्ध सोमबार मुद्दा दायर गरिएको छ ।

 

उनीहरूविरुद्ध राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३१ अनुसारको खेलमा मिलोमतो तथा अनियमितता गरेको भन्दै दफा ३३ बमोजिमको सजाय माग गरिएको छ । मुद्दा दायर गरिएका मध्ये नितेश, मेहबुब र आदिल पक्राउ परिसकेका छन् । कँडेल र माझी फरार छन् ।

 

यही फागुन २ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल टी–२० लिगमा भएको ‘स्पट फिक्सिङ’को अनुसन्धान फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गएको पुस ९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस २७ मा भएको थियो । काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक सदस्यलाई ‘फिक्सिङ’को प्रस्ताव आएको खुलासा गरेका थिए ।

 

गृह मन्त्रालयले फिक्सिङ र स्पट फिक्सिङको अनुसन्धान गर्न निर्देशन दिएपछि सीआईबी सक्रिय भएको थियो । अनुसन्धानका क्रममा स्पट फिक्सिङमा सहभागी भएको आरोपमा युवा अलराउन्डर मोहम्मद आदिल अन्सारी, पूर्वक्रिकेटर मेहबुब आलम र नितेश गुप्ता पक्राउ परेका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

वि.सं.२०८३ कात्तिक १५ आइतवार १३:२५

शनिबार आयोजित ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा बिनिता...

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...