YouTube Link

सर्वोच्च जाने तयारीमा सन्दीप

Facebook Link

 

काठमाडौं: विदेशी भूमिमा पनि खेल्न पाउनुपर्ने माग गर्दै क्रिकेटर सन्दीप लामिछानेले सर्वोच्चमा पुनरावेदन गर्ने तयारी गरेका छन् ।

 

सन्दीपका कानुन व्यवसायी सरोज घिमिरेका अनुसार उच्च अदालत पाटनको आदेशमा धरौटी रकम बढी भएको र विदेशी भूमिमा पनि खेल्न पाउनुपर्ने मागसहित सर्वोच्चमा पुरावेदन गर्न लागिएको हो ।

 

पाटन उच्च अदालतमा पुनरावेदन गरेपछि उनलाई खेल जीवनबाट बाहिर बस्दा मानसिक समस्या समेत हुनसक्ने भन्दै पासपोर्ट रोक्का राख्ने, उपत्यका बाहिर जानु परे प्रहरीको अनुमति लिनुपर्ने, मिडियामा प्रतिक्रिया दिन नपाउनेसहितका सर्तमा धरौटीमा रिहा गरिएको थियो ।

 

२० लाख धरौटीमा रिहा भएका सन्दीपलाई क्रिकेट एशोसिएसन अफ नेपाल ‘क्यान’ले राष्ट्रिय टिममा राखेर काठमाडौंमा भएको त्रिकोणत्मक सिरिजमा सहभागी गराएको थियो ।

 

यसपछि युएइमा हुने खेलमा पनि सहभागी हुन सन्दीपले विदेशी भूमिमा पनि खेल्न पाउनुपर्ने भन्दै सर्वोच्चमा पुरावेदन गरेका हुन् ।

 

उच्च अदालत पाटनले जिल्ला अदालतको थुनामै राखेर अनुसन्धान गर्ने आदेश उल्ट्याउँदै घर बस्न पाउने आदेश गरेकोमा सन्दीप त्यो फैसलाविरुद्ध पुनः सर्वोच्चमा पुनरावेदन जान लागेका हुन् ।

 

घिमिरेका अनुसार सम्भवतः सन्दीपको पुरावेदन बुधबार सर्वोच्चमा दर्ता हुनेछ । उच्च अदालत पाटनको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले पनि सर्वोच्चमा पुनरावेदन गरेको थियो ।

 

राष्ट्रिय क्रिकेट टीम यूएई र पपुवान्यूगिनीविरुद्धको म्याच खेल्न आगामी १३ गते दुबई जाँदैछ । अदालतले विदेश जान रोक लगाएकाले उनी राष्ट्रिय टिममा युएइमा हुने म्याचमा रहने छैनन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...