YouTube Link

सर्वोच्च जाने तयारीमा सन्दीप

Facebook Link

 

काठमाडौं: विदेशी भूमिमा पनि खेल्न पाउनुपर्ने माग गर्दै क्रिकेटर सन्दीप लामिछानेले सर्वोच्चमा पुनरावेदन गर्ने तयारी गरेका छन् ।

 

सन्दीपका कानुन व्यवसायी सरोज घिमिरेका अनुसार उच्च अदालत पाटनको आदेशमा धरौटी रकम बढी भएको र विदेशी भूमिमा पनि खेल्न पाउनुपर्ने मागसहित सर्वोच्चमा पुरावेदन गर्न लागिएको हो ।

 

पाटन उच्च अदालतमा पुनरावेदन गरेपछि उनलाई खेल जीवनबाट बाहिर बस्दा मानसिक समस्या समेत हुनसक्ने भन्दै पासपोर्ट रोक्का राख्ने, उपत्यका बाहिर जानु परे प्रहरीको अनुमति लिनुपर्ने, मिडियामा प्रतिक्रिया दिन नपाउनेसहितका सर्तमा धरौटीमा रिहा गरिएको थियो ।

 

२० लाख धरौटीमा रिहा भएका सन्दीपलाई क्रिकेट एशोसिएसन अफ नेपाल ‘क्यान’ले राष्ट्रिय टिममा राखेर काठमाडौंमा भएको त्रिकोणत्मक सिरिजमा सहभागी गराएको थियो ।

 

यसपछि युएइमा हुने खेलमा पनि सहभागी हुन सन्दीपले विदेशी भूमिमा पनि खेल्न पाउनुपर्ने भन्दै सर्वोच्चमा पुरावेदन गरेका हुन् ।

 

उच्च अदालत पाटनले जिल्ला अदालतको थुनामै राखेर अनुसन्धान गर्ने आदेश उल्ट्याउँदै घर बस्न पाउने आदेश गरेकोमा सन्दीप त्यो फैसलाविरुद्ध पुनः सर्वोच्चमा पुनरावेदन जान लागेका हुन् ।

 

घिमिरेका अनुसार सम्भवतः सन्दीपको पुरावेदन बुधबार सर्वोच्चमा दर्ता हुनेछ । उच्च अदालत पाटनको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले पनि सर्वोच्चमा पुनरावेदन गरेको थियो ।

 

राष्ट्रिय क्रिकेट टीम यूएई र पपुवान्यूगिनीविरुद्धको म्याच खेल्न आगामी १३ गते दुबई जाँदैछ । अदालतले विदेश जान रोक लगाएकाले उनी राष्ट्रिय टिममा युएइमा हुने म्याचमा रहने छैनन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

वि.सं.२०८३ कात्तिक १५ आइतवार १३:२५

शनिबार आयोजित ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा बिनिता...

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...