YouTube Link

ओडिआई सिरिज अन्तर्गत नेपालले आज नामिबियासँग खेल्दै

Facebook Link

काठमाडौं: नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज नामिबियासँग खेल्दैछ ।

टियु क्रिकेट मैदानमा हुने खेलमा नेपाल लगातार तेस्रो जितको सोचमा हुनेछ । नामिबिया नेपाल भ्रमणमा पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने छ ।

सुरुवाती दुई खेलमा सानदार जित हात पारेको नेपालको मनोबल उच्च छ । नेपाल त्यहिँ नतिजालाई निरन्तरता दिँदै ओडिआई मान्यता मजबुत बनाउन चाहन्छ ।

नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेटले पराजित गरेको थियो । २८६ रनको विजयी लक्ष्य पूरा गर्दै नेपालले इतिहास रचेको थियो । जुन योगफल नेपालले पूरा गरेको सर्वाधिक ठूलो योगफल थियो ।

दोस्रो खेलमा स्कटल्यान्डलाई नेपालले तीन विकेटले पराजित गरेको थियो । नेपालले स्कटल्यान्डलाई हराउन २७५ रनको विजयी लक्ष्य पूरा गरेको थियो । यता नामिबिया स्कटल्यान्डसँग १० विकेटले पराजित गरेको थियो ।

नेपालले लगातार दोस्रो दिन खेल्दैछ । नामिबियाले दुई दिन विश्राम पाएको छ । नामिबियालाई केहि सहज हुनसक्छ । तर नेपालको मनोबल निकै उच्च छ । नेपाल घरेलु मैदान र समर्थकको फाइदा उठाउँदै सानदार जित हात पार्न चाहन्छ ।

नेपाल २६ खेलमा १० मा जित र १४ मा हारसहित २२ अंकका साथ छैटौं स्थानमा छ । नेपाल शीर्ष तीनमा पर्न बाँकी १० खेल नै जित्नुपर्ने हुन्छ । ओडिआई मान्यता जोगाउन नेपालले कम्तिमा ७ खेल जित्नुपर्ने हुन्छ ।

उता नामिबिया ३२ खेलमा १८ मा जित र १३ मा हारसहित ३७ अंकका साथ तेस्रो स्थानमा छ । शीर्ष तीनमा रहँदै सोझै ग्लोबल छनोट खेल्न नामिबियालाई बाँकी खेल जित्नुपर्ने दबाब छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...