YouTube Link

नेपालले जित्यो ३ विकेटले स्कटल्याण्डविरुद्धको खेल

Facebook Link

 

काठमाडौं: जारी आईसीसी विश्वकप क्रिकेट लिग टूको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले स्कटल्याण्डलाई हराएको छ ।

 

टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले लिग टू को विजेता बनिसकेकी स्कटल्याण्डलाई ३ विकेटले हराएको हो । स्कटल्याण्डले दिएको २७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

 

नेपालको जितमा दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले अर्धशतकीय इनिङ खेले । दीपेन्द्रले अविजित ८५ रन बनाए । मल्लले ८१ रन बनाएर आउट भए ।

 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २७४ रन बनाएको थियो । स्कटल्याण्डका लागि माईकल लिस्कले ८५ बलमा १०७ रनको शतकीय ईनिङ खेले । उनले ३ चौका तथा ९ छक्का प्रहार गरे ।

 

उनले ७९ बलमा ३ चौका र ९ छक्काको सहयोगमा १ सय रन बनाएका थिए । एकदिवसीय अन्तराष्ट्रियमा उनको यो पहिलो शतक हो । नेपालविरुद्धको आजको खेलमा डेब्यु गरेका ज्याक जार्किभले २६ रन बनाए ।

 

ब्राण्डन म्याकमुलान र क्रिटोफर म्याकमुलनले समान २२/२२ तथा टोमस म्याकिन्टोस र मार्क वाटले २० रन बनाए । कप्तान रिचि बेरिङ्गटनले समान १९/१९ रन बनाए । क्रिस ग्रेभले १६ रन बनाए । १११ रनमा छैटौं विकेट गुमाएको स्कटल्याण्डले २ सय ७४ रन ९ विकेट गुमाएर पूरा गर्यो ।

 

नेपालका लागि स्पिनरहरुले ओभरमा रन दिदै विकेट लिएका थिए । चार जना स्पिनर प्रयोग गरेको नेपालका सबैजनाले कम्तिमा पनि १/१ विकेट लिएका थिए ।

 

सन्दीप लामिछानेले १० ओभरमा २७ रन दिएर ३ विकेट लिए । कुशल मल्लले २ तथा सोमपाल कामी,दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान १/१ विकेट लिए ।

 

जितसँगै नेपालले २६ खेलमा २२ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । स्कटल्याण्ड ३४ खेलमा ४८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...