विश्वकप लिग-टू: आज नेपाल र स्कटल्याण्डबीच प्रतिष्पर्धा
वि.सं.२०७९ फागुन ५ शुक्रवार ०७:४७
1.8K
shares
काठमाडौं: आईसीसी विश्वकप लिग-टू त्रिकोणात्मक सिरिज अन्तर्गत आज घरेलु टोली नेपालले स्कटल्याण्डसँग खेल्दैछ ।
तीन खेल अगावै विश्वकप लिग-टूको बिजेता बनेको स्कटल्याण्डविरुद्ध नेपालको खेल हुदैछ । टियु मैदानमा हुने खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।
पहिलो खेलमा नामिबियालाई पराजित गरेका दुवै टोली आज दोस्रो जितको खोजीमा रहेका छन् । स्कटल्याण्डसँग पहिलो पटक घरेलुभूमीमा खेल्दै गरेको नेपाल जित निकाल्न चाहन्छ ।
स्कटल्याण्डविरुद्ध नेपालले एकदिवसीय अन्तराष्ट्रियमा चार खेल खेलेकोमा १ मा मात्र जित हात पारेको छ । त्यसकारण स्कटल्याण्ड नेपालका लागि सहज प्रतिद्वन्दी होईन ।
सिरिजमा नेपाल २५ खेलमा २० अंक जोडेर छैटौं स्थानमा रहेको छ । स्कटल्याण्ड ३३ खेलमा २३ मा जित र ८ मा हारका साथ ४८ अंकका साथ तीन खेल आगावै विश्वकप लिग टूको च्याम्पियन भईसकेको छ ।
नेपाली टोली :- रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, भिम सार्की, सुर्य तामाङ ।
वि.सं.२०७९ फागुन ५ शुक्रवार ०७:४७




















