YouTube Link

रोनाल्डो सम्मेलित अल नासर साउदी सुपर कपबाट बाहिरियो

Facebook Link

एजेन्सी: क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासर साउदी सुपर कपबाट सेमिफाइनलमा अल इतिहादसँग ३-१ ले पराजित भएपछि बाहिरिएको छ ।

विहीबार सम्पन्न रोनाल्डोको साउदीमा उपाधि जित्ने लक्ष्य पूरा हुन सकेन । अल इतिहादका लागि रोमारिन्हो, हम्दाल्लाह र मोहमद अलशान्कितिले गोल गरे ।

खेलमा अधिकांश समय बलमा पकड जमाएपनि अल नासरले पाएको अवसर सदुपयोग गर्न सकेन । यता अल इतिहादले काउन्टर अट्याकमा लगातार समस्या सिर्जना गर्दै अल नासरको डिफेन्सलाई दवावमा राख्यो ।

खेलको १५औं मिनेटमा रोमारिन्हो र ४३औं मिनेटमा हम्दाल्लाहले गोल गर्दै इतिहादलाई पहिलो हाफमा २-० ले अघि बढाए । ६७औं मिनेटमा टालिस्काले गोल फर्काउँदै सम्भावना देखाएपनि इन्ज्युरी समयमा अलशान्कितिले इतिहादको जित सुनिश्चित गरे ।

यसपटक नयाँ नियम लागु भएका कारण अल नासरले सुपर कपमा प्रतिस्पर्धा गर्न पाएको थियो । विगतमा दुई टोली खेल्ने सुपर कपमा यसपटक चार टोली समेटिएका थिए ।

लिग र किंग्स कपको शीर्ष दुई टोली छनोट हुने व्यवस्था गरिएको हो । तर अल हिलाल लिग विजेता र कप उपविजेता रहेकाले लिगको तेस्रो अल नासरले अवसर पाएको थियो ।

बिहीबार नै भएको अर्को सेमिफाइनलमा किंग्स कपको विजेता अल फाएहाले अल हिलाललाई १-० ले हरायो । सोमबार अल इतिहाद र अल फाएहाबिच फाइनल खेल हुनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...