इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा टोटेनहमद्वारा युभेन्ट्स ३-१ गोल अन्तरले पराजित
वि.सं.२०७६ साउन ६ सोमवार ०८:५९
1.4K
sharesएजेन्सी: इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा इन्ग्लिश क्लब टोटेनहमले इटालियन क्लब युभेन्ट्सलाई पराजित गरेको छ । प्रि-सिजन टुर अन्तर्गत आईतबार भएको च्याम्पियन्स कपमा टोटेनहमले युभेन्ट्सलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
सिंगापुरमा भएको खेलमा टोटेनहमलाई जित दिलाउन एरिक लामेला, लुकास मौरा र ह्यारी केनले एक एक गोल गरे । युभेन्ट्सका गोन्जालो हिगुइन र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे । लामेलाको गोलबाट टोटेनहमले ३१औं मिनेटमा अग्रता बनाएको थियो । ५६औं मिनेटमा हिगुइनले गोल गर्दै युभेन्ट्सलाई खेलमा फर्काए । ६०औं मिनेटमा रोनाल्डोले गोल गरेपछि युभेन्ट्स २-१ ले अघि रह्यो ।
खेलको ६५ औं मिनेटमा टोटेनहमका मौराले गोल गर्दै खेल २-२ को स्थितिमा ल्याए । त्यसपछि खेलको अतिरिक्त समयमा केनले गोल गर्दै टोटेनहमलाई ३-२ को जित दिलाए ।
वि.सं.२०७६ साउन ६ सोमवार ०८:५९