YouTube Link

विपी कोइरालाको योगदानको स्मरण गर्दै ३७औँ स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

Facebook Link

काठमाडौं: नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३७ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरि देशभरि मनाइदै छ । विक्रम सम्वत २००३ सालमा नेपाली कांग्रेसको स्थापना नै वीपी कोइरालाको नेतृत्वमा भएको थियो ।

२००७ सालमा प्रजातन्त्र ल्याउन महत्पूर्ण भूमिका खेलेका कोइराला २००८ सालमा गृहमन्त्री बनेका थिए । २०१५ सालको पहिलो संसदीय निर्वाचनमा वीपी कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । सरकारले योजना बनाउँदा हलो जोत्दै गरेको किसानको तस्वीर हेरेर योजना बनाउनुपर्ने नीति ल्याउनुपर्ने धारणा राख्ने कोइरालाको कार्यकालमा धेरै राम्रा काम भएका थिए ।

राष्ट्रियता प्रजातन्त्र र समाजवादको मूल नारा लिएर नेपाली कांग्रेसलाई प्रजातान्त्रिक पार्टीको रुपमा उभ्याउन कोइरालाले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । राजाले २०१७ पुस १ गते पञ्चायत ब्यवस्था लागू गरेसँगै वीपी जेल परे त्यसपछि निर्वासित हुनुभएका वीपी २०३३ सालमा भारतबाट राष्ट्रिय मेलमिलापको नीति लिएर कांग्रेस, कम्युनिष्ट र राजा मिलेर देशको विकासमा जुटनुपर्ने भन्दै फर्किएका थिए ।

राजनीतिक यात्राको अलावा वीपीले नेपाली साहित्यमा समेत ठुलो योगदान गरेका छन् । कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको हो । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवम् ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चस्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ ।

वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दी गृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ ले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ ।

ज्ञाननिष्ठ ज्ञवालीको सम्पादनमा प्रकाशित सिसार पत्रिकामा ‘साहित्यमा प्रगतिशीलता’ विषयक कोइरालाको निबन्ध लगायत रचना पनि प्रकाशित छन् । जीवनको लामो समयसम्म काङ्ग्रेसको नेतृत्व गरी २०१५ सालको आमनिर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे ।

वि.सं २०२५ मा स्वास्थ्य परीक्षणका लागि कारागारमुक्त कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताए । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनस्र्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको पर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएका थिए ।

विपी स्मृति दिवसका अवसरमा काङ्ग्रेस, भ्रातृ संस्था र विपी सङ्ग्रहालय समितिले मुलुकभर विभिन्न कार्यक्रम गरिने भएको छ । यस अवसरमा सङ्ग्रहालय समितिले तेह्रथुमका तेजमान तुम्बाहाम्फे, सुनसरीका रवीन्द्र राई र मिसरु मियाँलाई संयुक्त रुपमा प्रजातन्त्र सेनानी पुरस्कार दिने कार्यक्रम छ । सङ्ग्रहालयले विसं २०६९ देखि विपी कोइराला प्रजातन्त्र सेनानी पुरस्कार वितरण शुरु गरेको हो ।

पहिलो पटक पञ्चायतकालमा मृत्युदण्ड दिइएका शहीदहरु धनुषाका दुर्गानन्द झाकी श्रीमती काशीदेवी, ओखलढुङ्गाका क्याप्टेन यज्ञबहादुर थापाकी श्रीमती खड्गकुमारी र धनकुटाका भीमनारायण श्रेष्ठकी श्रीमती लक्ष्मीलाई प्रदान गरिएको थियो । यसैगरी विसं २०७० प्रजातन्त्र सेनानी अर्जुनकुमार ठाकुर, २०७१ सालमा रामहरि जोशी, २०७३ सालमा प्रदीप गिरीलाई प्रदान गरिएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...