Rajshow Bivag

लियोनेल मेस्सी चम्किदा अर्जेन्टिनाको सानदार जित, फ्रान्स नकआउट चरणमा प्रवेश

Departmant of helth services

 

काठमाडौं: मेक्सिकोलाई २-० गोल अन्तरले हराउँदै अर्जेन्टिना कतार फिफा विश्वकप फुटबल २०२२ मा सानदर जित निकालेको छ ।

 

समूह सीको पहिलो खेलमा साउदी अरेबियासँग हारेको अर्जेन्टिनाले दोस्रो खेलमा मेक्सिको विरुद्ध शानदार जित निकालेको हो ।

 

खेलको ६४औं मिनेटमा एन्जल डि मारियाको पासलाई सदुपयोग गर्दै मेस्सीले अर्जेन्टिनालाई अघि बढाएका थिए । खेल सकिन तीन मिनेट अघि मेस्सीको पासमा फर्नान्डेजले गोल गर्दै जित सुनिश्चित गरे ।

 

जितसँगै अर्जेन्टिनाले विश्वकपको अघिल्लो चरणको यात्रालाई जिवितै राखेको छ । समूह सीमा अर्जेन्टिना तीन अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।

 

तेस्रो स्थानमा रहेको साउदीको समेत समान तीन अंक छ । पोल्याण्ड ४ अंक सहित समूहको शीर्ष स्थानमा छ । एक अंक सहित मेक्सिको पुछारमा छ ।

 

 

यसैबीच केलियन एमबाप्पे चम्किएको खेलमा फ्रान्सले डेनमार्कलाई समूह डीको खेलमा २–१ गोल अन्तरले पराजित गरेको छ ।

 

लगातार दुई खेलमा जित निकाल्दै फ्रान्स प्रतियोगिताको नकआउट चरणमा पुगेको छ । फ्रान्सको जितमा एमबाप्पेले दुवै गोल गरे । खेलका तीन वटै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

 

खेलको ६१औं मिनेटमा हर्नान्डेजको पासमा एमबाप्पले फ्रान्सलाई अघि बढाए । त्यसको पाँच मिनेटमा डेनमार्कका क्रिस्टेन्सनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

 

बराबरीतर्फ उन्मुख खेल सकिन चार मिनेट अघि एन्टोनी ग्रिजम्यानको पासमा एमबाप्पले विजयी गोल गरे । समूह डीको खेलमा शीर्ष स्थानको फ्रान्सले ६ अंक जोडेको छ ।

 

अष्ट्रेलिया तीन अंक जोडेर दोस्रो स्थानमा छ । डेनमार्क र ट्युनेसिया समान एक अंक सहित क्रमश तेस्रो र चौथो स्थानमा छन् ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
महालेखापरीक्षकमा तोयम राया सर्वसम्मत अनुमोदन

महालेखापरीक्षकमा तोयम राया सर्वसम्मत अनुमोदन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:४१

  काठमाडौं: संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई...

उमाकुण्ड गाउँपालिका नेपाली कांग्रेसको नयाँ वर्ष शुभ-कामना आदान प्रदान सहित चियापान कार्यक्रम सम्पन्न

उमाकुण्ड गाउँपालिका नेपाली कांग्रेसको नयाँ वर्ष शुभ-कामना आदान प्रदान सहित चियापान कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:४५

  काठमाडौं: रामेछाप उमाकुण्ड गाउँपालिका नेपाली कांग्रेसले नयाँ वर्ष २०८१...

हेर्नुहोस् आज २०८१ बैशाख ४ गते मंगलबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख ४ गते मंगलबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:४९

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

वि.सं.२०८१ वैशाख ३ सोमवार १५:३०

  काठमाडौं: ओमानमा जारी एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिता...

हङकङले दियो नेपाललाई ११५ रनको लक्ष्य

हङकङले दियो नेपाललाई ११५ रनको लक्ष्य

वि.सं.२०८१ वैशाख ३ सोमवार १४:३४

  काठमाडौं: ओमानमा जारी एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिता...

काठमाडौंमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलन १२ दिन बाँकी, दुई दिने कार्यतालिका सार्वजनिक

काठमाडौंमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलन १२ दिन बाँकी, दुई दिने कार्यतालिका सार्वजनिक

वि.सं.२०८१ वैशाख ३ सोमवार १२:४२

  काठमाडौं: वैशाख १६ र १७ गते काठमाडौंमा आयोजना हुन...