YouTube Link

लियोनेल मेस्सी चम्किदा अर्जेन्टिनाको सानदार जित, फ्रान्स नकआउट चरणमा प्रवेश

Facebook Link

 

काठमाडौं: मेक्सिकोलाई २-० गोल अन्तरले हराउँदै अर्जेन्टिना कतार फिफा विश्वकप फुटबल २०२२ मा सानदर जित निकालेको छ ।

 

समूह सीको पहिलो खेलमा साउदी अरेबियासँग हारेको अर्जेन्टिनाले दोस्रो खेलमा मेक्सिको विरुद्ध शानदार जित निकालेको हो ।

 

खेलको ६४औं मिनेटमा एन्जल डि मारियाको पासलाई सदुपयोग गर्दै मेस्सीले अर्जेन्टिनालाई अघि बढाएका थिए । खेल सकिन तीन मिनेट अघि मेस्सीको पासमा फर्नान्डेजले गोल गर्दै जित सुनिश्चित गरे ।

 

जितसँगै अर्जेन्टिनाले विश्वकपको अघिल्लो चरणको यात्रालाई जिवितै राखेको छ । समूह सीमा अर्जेन्टिना तीन अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।

 

तेस्रो स्थानमा रहेको साउदीको समेत समान तीन अंक छ । पोल्याण्ड ४ अंक सहित समूहको शीर्ष स्थानमा छ । एक अंक सहित मेक्सिको पुछारमा छ ।

 

 

यसैबीच केलियन एमबाप्पे चम्किएको खेलमा फ्रान्सले डेनमार्कलाई समूह डीको खेलमा २–१ गोल अन्तरले पराजित गरेको छ ।

 

लगातार दुई खेलमा जित निकाल्दै फ्रान्स प्रतियोगिताको नकआउट चरणमा पुगेको छ । फ्रान्सको जितमा एमबाप्पेले दुवै गोल गरे । खेलका तीन वटै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

 

खेलको ६१औं मिनेटमा हर्नान्डेजको पासमा एमबाप्पले फ्रान्सलाई अघि बढाए । त्यसको पाँच मिनेटमा डेनमार्कका क्रिस्टेन्सनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

 

बराबरीतर्फ उन्मुख खेल सकिन चार मिनेट अघि एन्टोनी ग्रिजम्यानको पासमा एमबाप्पले विजयी गोल गरे । समूह डीको खेलमा शीर्ष स्थानको फ्रान्सले ६ अंक जोडेको छ ।

 

अष्ट्रेलिया तीन अंक जोडेर दोस्रो स्थानमा छ । डेनमार्क र ट्युनेसिया समान एक अंक सहित क्रमश तेस्रो र चौथो स्थानमा छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...