कतार विश्वकपमा आज स्विजरल्याण्ड र क्यामरुन, उरुग्वे र दक्षिण कोरिया, पोर्चुगल र घाना तथा ब्राजिल र सर्बिया भिड्दै

वि.सं.२०७९ मंसिर ८ बिहीवार ०८:१६

काठमाडौं: कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज समूह ‘जी’ र समूह ‘एच’ का दुई दुई खेल गरी चार खेलहरु हुँदैछन् ।
पहिलो खेलमा समूह ‘जी’ मा रहेको स्विजरल्याण्ड र क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
यस्तै दोस्रो खेलमा समूह ‘एच’ को उरुग्वे र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।
विश्वकप अन्तर्गत नै आज हुने तेस्रो खेलमा उपाधि दाबेदार पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘एच’ मा रहेको यी दुईबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
त्यस्तै चौंथो खेलमा ब्राजिलले सर्बियाको सामना गर्नेछ । समूह ‘जी’ मा रहेको ब्राजिल र सर्बियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

वि.सं.२०७९ मंसिर ८ बिहीवार ०८:१६