कतार विश्वकपमा जर्मनीमाथि जापानको सानदार जित

वि.सं.२०७९ मंसिर ७ बुधवार २१:०९

काठमाडौं: कतार फिफा विश्वकप फुटबल 2022 मा जर्मनीमाथि जापानले २-१ गोल अन्तरले सानदार जित निकालेको छ ।
एसियाली पावर हाउस जापानले चार पटकको च्याम्पियनमाथि पुनरागमन गर्दै उत्कृष्ट जित निकालेको हो । खेलको ३३ औं मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीबाट गोल गर्दै जर्मनीलाई १-० को अग्रता दिलाएका थिए ।
जापानी गोलकिपर शुइची गोन्डाले जर्मनीका डिफेन्डर डेभिडलाई पेनाल्टी क्षेत्रभित्र फउल गर्दै लडाएपछि जर्मनीले पेनाल्टी पाएको थियो । गुन्डोगानले सहजै गोल गरेका थिए ।
पहिलो हाफको इन्जुरी समयमा जर्मनीका काइ हार्भट्जले गोल गरेका थिए । तर, भीएआरले उनको गोललाई अफसाइड देखाएको थियो ।
दोसो हाफमा जापानले खेलमा उत्कृष्ट पुनरागमन गर्यो । खेलको ७५औं मिनेटमा सब्सिच्युडको रुपमा मैदान प्रवेश गरेका रित्सु डोनले गोल गर्दै जापानलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८३औं मिनेटमा अर्का सब्सिच्युड खेलाडी ताकुमा असानोले गोल गर्दै जापानलाई २-१ को जित दिलाए । उनी ५७ औं डाईजेनको स्थानमा मैदान प्रवेश गरेका थिए ।
जितसँगै जापानले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । जापान समूह ‘ई’ को शीर्ष स्थानमा रहेको छ ।

वि.सं.२०७९ मंसिर ७ बुधवार २१:०९