Texas College
YouTube Link

नेपाललाई दियो केन्याले २५६ रनको लक्ष्य

Facebook Link

 

काठमाडौं: तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा केन्याले नेपाललाई २५६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २५५ रन बनायो ।

 

केन्याका लागि कोलिन्स अबुयाले ८४ रनको अर्धशतकीय इनिङ खेले । यस्तै लुकास एनडानडासनले अविजित रहदै ५९ रनको अर्धशतकीय इनिङ खेले ।

 

सुखदिप सिंहले ३७ रन जोड्दा इमानुएल बुन्डीले २३ रन बनाए ।

 

कप्तान शेम एनगोचे १७ रनमा आउट भए । नेपालका सोमपाल कामी र आदील अन्सारीले २र२ विकेट लिए ।

 

वसिर अहमद र शाहब आलमले १/१ विकेट लिए । आज नेपाल जित निकाल्दै एकदिवसीय सिरिज क्लिन स्विप गर्ने योजनामा रहेको छ ।

 

तीन खेलको सिरिजमा नेपाल २-० ले अघि रहेको छ ।

 

यस अघि नै सिरिज जितिसकेको नेपाल तेस्रो खेलमा जित निकाल्दै एकदिवसीय सिरिज ३-० ले आफ्नो बनाउन चाहन्छ ।

 

पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । यस्तै दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।

 

यता, केन्या पनि नेपाललाई हराएर एकदिवसीय सिरिजमा सान्त्वना जित हात पार्न चाहन्छ । नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सञ्चारमन्त्रीले गरे मन्त्रिपरिषद्का ३५ निर्णय सार्वजनिक

सञ्चारमन्त्रीले गरे मन्त्रिपरिषद्का ३५ निर्णय सार्वजनिक

वि.सं.२०८२ पुस २२ मंगलवार १८:१५

काठमाडौं: सञ्चारमन्त्री जगदीश खरेलले पुस ११ र २१ गतेको मन्त्रिपरिषद्...

११ दमकल, सेना र प्रहरीले दुई घण्टामा निभाए आगो

११ दमकल, सेना र प्रहरीले दुई घण्टामा निभाए आगो

वि.सं.२०८२ पुस २२ मंगलवार १८:०५

काठमाडौं: गैरीगाउँस्थित काठ गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ ।...

राष्ट्रिय सभा निर्वाचनका लागि चार दलबीच यसरी गरियो भागबन्डा

राष्ट्रिय सभा निर्वाचनका लागि चार दलबीच यसरी गरियो भागबन्डा

वि.सं.२०८२ पुस २२ मंगलवार १७:५७

काठमाडौं: राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट...

काठमाडौं उपत्यकामा आज यस वर्षकै कडा चिसो

काठमाडौं उपत्यकामा आज यस वर्षकै कडा चिसो

वि.सं.२०८२ पुस २१ सोमवार १०:४४

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकासहित देशभर चिसो...

राष्ट्रिय स्वतन्त्र पार्टीले बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टीले बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दै

वि.सं.२०८२ पुस २१ सोमवार १०:३२

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बृहत राजनीतिक समायोजन...

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

वि.सं.२०८२ पुस २१ सोमवार १०:२५

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक पार्टी केन्द्रीय कार्यालय...