YouTube Link

भारतीय स्थल सेनाध्यक्ष पाण्डेद्वारा नेपाली सेनालाई २२ करोड रुपैयाँ बराबरको विभिन्न सैन्य सामाग्री हस्तान्तरण

Facebook Link

 

काठमाडौं: नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले करिव २२ करोड रुपैयाँ बराबरको विभिन्न सैन्य सामाग्री नेपाललाई हस्तान्तरण गरेको छ ।

 

आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजना गरिएको एक कार्यक्रमबीच ती सैन्य सामाग्री प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेका हुन् ।

 

‘भारतीय स्थल सेनाध्यक्षले करिब २२ करोड रुपैयाँको सैन्य सामाग्री नेपाली सेनालाई हस्तान्तरण गर्नु भएको छ,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले बताए ।

 

प्रवक्ता सिलवालका अनुसार भारतीय स्थल सेनाध्यक्षले आज १० वटा माइन प्रोटेक्टीभ भेइकल (एमपीभी), ४ वटा घोडा, मेडिकल उपकरण र मेन्टीनेन्स स्पेयर्स पार्टस नेपाली सेनालाई हस्तान्तरण गरेका हुन् ।

 

आज उपलब्ध गरिएका करिब २२ करोडको सैन्य सामाग्रीमा ६० प्रतिशत (१३ करोड २० लाख रुपैयाँ) भारतको अनुदान सहयोगमा प्राप्त भएको हो भने ४० प्रतिशत (८ करोड ८० लाख रुपैयाँ) मूल्य नेपाल सरकारले व्यहोरोको छ ।

 

दुई देशबीचको सुरक्षा संयन्त्रको बैठकमा भएको निर्णय अनुसार ती सामाग्री नेपाललाई भारतले उपलब्ध गरेको हो ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
एक महिनाभर चल्ने स्वस्थानी व्रत आजबाट सुरु

एक महिनाभर चल्ने स्वस्थानी व्रत आजबाट सुरु

वि.सं.२०८२ पुस १९ शनिवार १३:२५

काठमाडौं: पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने माधवनारायण...

भेनेजुएलामा अमेरिकी हमला

भेनेजुएलामा अमेरिकी हमला

वि.सं.२०८२ पुस १९ शनिवार १३:१०

एजेन्सीः भेनेजुएलाको राजधानी काराकासमा अमेरिकाले हमला गरेको छ । शनिबार...

हेर्नुहोस् आज २०८२ पुस १७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ पुस १७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८२ पुस १७ बिहीवार ०६:५५

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

लाने हैन त आफ्ना बालबालिकालाई ‘निन्जा खेल’ खेलाउन !

लाने हैन त आफ्ना बालबालिकालाई ‘निन्जा खेल’ खेलाउन !

वि.सं.२०८२ पुस १६ बुधवार ११:१३

काठमाडौः काठमाडौंको स्वाम्भुमा तीन जना महिला उद्यमीहरु मिलेर 'निन्जा अप्टिकल...

विभिन्न ६४ राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची

विभिन्न ६४ राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची

वि.सं.२०८२ पुस १६ बुधवार १०:०७

काठमाडौं: फागुन २१ गतेका लागि तोकको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि...

१० वर्षे यात्रामा साझा स्वास्थ्य क्लिनिक: सुलभ शुल्कमा बहुआयामिक उपचार सेवा प्रदान

१० वर्षे यात्रामा साझा स्वास्थ्य क्लिनिक: सुलभ शुल्कमा बहुआयामिक उपचार सेवा प्रदान

वि.सं.२०८२ पुस १४ सोमवार ११:३४

काठमाडौं: कलंकी-१४ हनुमान गल्लीमा अवस्थित साझा स्वास्थ्य क्लिनिकले आफ्नो स्थापनाको...