YouTube Link

साफ महिला च्याम्पियनसिपः मंगलबारबाट सुरु हुने साफ प्रतियोगिताका लागि सहभागी सातवटै देशका टोली नेपालमा

Facebook Link

 

काठमाडौं: मंगलबारबाट काठमाडौंमा साफ महिला च्याम्पियनसिप आयोजना हुँदैछ । प्रतियोगिताका लागि सहभागी हुन सातवटै देशका टोली नेपाल आइपुगिसकेका छन् ।

 

‘लिग कम नकाउट’ प्रणालीमा हुने प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।

 

प्रतियोगिताको समूह ए मा नेपाल, श्रीलंका र भुटान छन् भने समूह बी मा भारत, बंगलादेश र पाकिस्तान छन् । प्रत्येक समूहबाट पहिलो र दोस्रो हुने टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।

 

कुन टोली कस्तो ?

नेपालः

साफ च्याम्पियनसिप आयोजना गर्ने अवसर नेपालले पाएको छ । महिला साफमा पटकपटक फाइनलमा पुगेर पनि च्याम्पियन बन्न नपाउनु नेपालको दुर्भाग्य बन्दै आएको छ । एकपटक बाहेक नेपालले सबै महिला साफको फाइनलको यात्रा तय गरेको छ । सबैमा फाइनल खेलमा भारतसँग पराजित बन्दै उपाधिबाट बञ्चित हुने गरेको छ ।

 

यसपटक फेरि पनि उपाधिको होडमा छ । फिफा वरीयतामा १०२औं स्थानमा रहेको नेपालको नियमित कप्तान तथा प्लेमेकर रेनुका नगरकोटे लगायत खेलाडी चोटबाट गुज्रनुले नेपालको प्रदर्शनमा केही प्रभाव पर्ने देखिन्छ ।

 

प्रशिक्षक कुमार थापाले फेरि नेपाली टोली सम्हालेका छन् च्याम्पियन बनाउने लक्ष्य लिएर नेपालको बलियो प्रतिस्पर्धीका रुपमा सदाबाहर भारत र बंगलादेश हुने देखिन्छ । समूह ‘ए’  मा परेको नेपालसँग भुटान र श्रीलंका छन् ।

 

श्रीलंकाः

फिफा वरीयतामा १५३ औं स्थानमा रहेको श्रीलंकाले साफ च्याम्पियनसिपमा सेप्टेम्बर ९ मा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यस्तै दोस्रो खेलमा सेप्टेम्बर १२ मा नेपालसँग खेल्नेछ । साफ च्याम्पियनसिपमा श्रीलंकाले हालसम्म बलियो दाबेदारी प्रस्तुत गरेको छैन । अघिल्लो साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई २-० ले हराएको श्रीलंकाले भारतसँग ५-० र नेपालसँग ४-० को पराजय ब्यहोरेको थियो ।

 

भुटानः

फिफा वरीयतामा १७६ औं स्थानमा रहेको भुटानी महिला टोलीको इतिहास पनि धेरै लामो छैन । सन् २००४ बाट आधिकारिक रुपमा सुरु भएको भुटानी फुटबलले दक्षिण एसियाली स्तरमा बलियो चुनौती प्रस्तुत गर्न सकेको छैन ।

 

यद्यपि पछिल्लो समय ग्रासरुटमा केन्द्रीत रहेको भुटानको टोली राम्रो बन्दै आएको बताइन्छ । भुटानमा ६ वटा महिला टिमले लिग खेलिरहेकोमा सन् २०२२ मा यो संख्या बढेर १० पुगेको थियो ।

 

पछिल्लो साफको कुरा गर्दा भुटानले बंगलादेशसँग २-० र नेपालसँग ३-० को पराजय ब्यहोरेको थियो ।

 

भारतः

समूह ‘बी’ मा रहेको भारत उपाधिको प्रबल दाबेदार हो । फिफा वरीयतामा दक्षिण एसियामा सबैभन्दा माथि रहेको भारत ५८औं स्थानमा छ । भारतले सेप्टेम्बर ७ मा पाकिस्तान, १० मा माल्दिभ्स र १२ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । पछिल्लो समय फिफाबाट प्रतिबन्ध ब्यहोरेको भारत साफ च्याम्पियनसिप खेल्न आउने नआउने अन्योलबीच भारतको तयारी भने छोटो छ ।

 

पछिल्लो साफमा (२०१९) भारतले माल्दिभ्समाथि ६-०, श्रीलंकामाथि ५-०, बंगलादेशमाथि ४-० र नेपालमाथि १-३ गोलअन्तरको जित निकाल्दै च्याम्पियन बनेको थियो ।

 

बंगलादेशः

पछिल्लो समय बंगलादेशका महिला टोलीले अब्बल प्रदर्शन गर्दै आएको छ । फिफा वरीयतामा १४७औं स्थानमा रहेको बंगलादेशले एएफसीका केही प्रतियोगिता र साफका उमेर समूहमा बंगलादेशी टोलीले आफ्नो क्षमता देखाइसकेको छ । बंगलादेशले आफ्नो समूहमा भारत, माल्दिभ्स र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । साफको इतिहास हेर्ने हो भने नेपाल र भारत बंगलादेशी टोलीका लागि टाउको दुखाइ बन्दै आएका छन् ।

 

बंगलादेशमा सन् २०१९ को साफमा भुटानलाई २-० गोल अन्तरले हराएको थियो भने नेपालसँग ३-० र भारतसँग ४-० गोलको पराजय ब्यहोरेको थियो ।

 

पाकिस्तानः

पाकिस्तान भारतभन्दा अघि फिफाको प्रतिबन्धमा परेको दक्षिण एसियाली मुलुक हो । अझ पाकिस्तानी महिला फुटबल टोलीले ८ वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्कँदै छ । पाकिस्तानको २३ खेलाडीमध्ये अघिल्लो खेल पाकिस्तानबाट खेलेका ७ खेलाडीबाहेक अन्य खेलाडी पहिलोपटक पाकिस्तानको जर्सीमा मैदान उत्रदैछन् ।

 

पाकिस्तान फुटबल संघले दोहोरो नागरिकता राष्ट्रियता भएका खेलाडीलाई राष्ट्रिय टोलीमा प्रतिनिधित्व गर्न अगस्टमा खुला गरेको थियो । प्रतिबन्धबाट फुकुवा भएयता संघले अमेरिका, ग्रीस, यूके र यूएईका दर्जन बढी पाकिस्तानी मुलका खेलाडीले पाकिस्तानबाट खेल्न चासो देखाएका थिए । फिफाको नियमका हिसाबले दोहोरो नागरिकता भएका खेलाडीले या त होम टिमबाट या आफ्नो ‘मुल’ भएको देशको टिमबाट छनोट गर्न पाउँछ ।

 

माल्दिभ्स

फिफा वरीयतामा १५६औं स्थानमा रहेको माल्दिभ्सले प्रतियोगितामा सेप्टेम्बर ७ मा बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यस्तै सेप्टेम्बर १० मा भारत र सेप्टेम्बर १३ मा पाकिस्तानको सामना गर्नेछ । अघिल्लो साफ च्याम्पियनसिपमा माल्दिभ्सले भारतसँग ६-० गोलअन्तर र श्रीलंकासँग २-० को पराजय ब्यहोरेको थियो । माल्दिभ्सले पुरुषतर्फ साफ च्याम्पियनसिपमा राम्रो दाबेदारी प्रस्तुत गर्ने गरेको भए पनि महिलातर्फ भने फाइनलमा स्थान बनाउन सकेको छैन ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...