Health Ad
YouTube Link

आईसीसी विश्वकप क्रिकेटमा साविक विजेता अष्ट्रेलिया र पाकिस्तान विजयी

Khanepani Dhal
Facebook Link

एजेन्सी: आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा साविक विजेता अष्ट्रेलिया र पाकिस्तानले आ-आफ्नो खेल जितेको छ । ईङग्ल्याण्डको लर्ड्समा हिजो भएको खेलमा अष्ट्रेलियाले न्युजिल्याण्डमाथि ८६ रनको जित हात पारेको हो ।

अष्ट्रेलियाले प्रस्तुत गरेको २४४ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड ४३ दशमलब ४ ओभरमा जम्मा १५७ रनमा समेटिएको थियो । हार बेहोरको न्युजिल्याण्डले भने सेमिफाइनलमा स्थान बनाउने मौका गुमाएको छ । अब न्युजिल्याण्डलाई सेमिफाइनलमा स्थान बनाउन अन्य खेल कुर्नु पर्ने भएको छ । न्युजिल्याण्डलाई सस्तोमा समेट्ने क्रममा अष्ट्रेलियाका बलर मिचेल स्टार्कले जम्मा २६ रन खर्चिएर ५ विकेट लिएका थिए । न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले सर्वाधिक ४०, रोस टेलरले ३० तथा मार्टिन गुप्टिलले २० रन बनाए ।

टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २४३ रन बनाएको थियो । अष्ट्रेलियाका लागि उस्मान ख्वाजा र एलेक्स केरीले अर्धशतकीय इनिङ्स खेले । ख्वाजाले ८८ रनको योगदान गरे भने केरीले ७१ रन बनाए । न्युजिल्याण्डका ट्रेन्ड बोल्टले ह्याट्रिक विकेट सहित ४ विकेट लिए । बोल्टले अन्तिम ओभरको तेस्रो बलमा ख्वाजा, चौंथोमा मिचेल स्टार्क र पाँचौं बलमा जासन पाउललाई आउट गर्दै ह्याट्रिक पुरा गरे । उनको यो विश्वकपमा पहिलो ह्याट्रिक हो । बोल्ट विश्वकपमा ह्याट्रिक लिने न्युजिल्याण्डको पहिलो खेलाडी समेत बने ।जितसंगै अष्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा यथावत रहन सफल भएको छ । यसअघि नै सेमिफाइनल पुगिसकेको अष्ट्रेलियाले ८ खेलबाट १४ अंक जोडेको छ । तेश्रो स्थानमा रहेको न्युजिल्याण्डको ८ खेलबाट ११ अंक छ ।

शनिबार भएको अर्को खेलमा अफगानिस्तानलाई ३ विकेटले हराउँदै पाकिस्तान लिग तालिकाको शिर्ष चारमा पुगेको छ । सेमिफाइृनल यात्रा कठिन देखिएको पाकिस्तानले अफगानिस्तानलाई पारजित गर्दै अन्तिम चारको सम्भावनालाई बलियो बनाएको छ । पाकिस्तानको ८ खेलबाट ९ अंक भएको छ । इंग्ल्याण्डको लिड्समा अफगानिस्तानले दिएको २२८ रनको मध्यम लक्ष्य पाकिस्तानले ४९ ओभर ४ बलमा ७ विकेट गुमाएर पुरा गर्यो ।

पाकिस्तानको जितमा इमाद वासिमले अविजित रहदै सर्वाधिक ४९ रन बनाए । यस्तै बाबर आजमले ४५ रन जोड्दा इमाम उल हकले ३६ रन बनाए । यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धा्रित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २७ रन बनाएको थियो । अफगानिस्तानको यो विश्वकपमा लगातार आठौ हार हो । पाकिस्तानका सहिन शाह अफ्रिदीले ४ विकेट हात पारे भने वाहब रियाज र इमाद वासिमले समान २–२ विकेट लिए । पाकिस्तानले अब आफ्नो अन्तिम खेलमा बंगलादेशको सामना गर्नेछ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

वि.सं.२०८२ वैशाख ४ बिहीवार ११:०८

काठमाडौं: शिक्षकहरूले १६ औँ दिन पनि सडक आन्दोलनलाई निरन्तरता दिने...

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

वि.सं.२०८२ वैशाख ४ बिहीवार १०:५४

काठमाडौं: नेपाल प्रहरीका ७५ प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ सईमा...

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

वि.सं.२०८२ वैशाख ३ बुधवार ०९:३२

काठमाडौं: विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै...

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

वि.सं.२०८१ चैत ३१ आइतवार ११:१३

काठमाडौं: दुई दिनमा ९ हजार ६ सय रुपैयाँ बढेको सुनको...

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

वि.सं.२०८१ चैत ३१ आइतवार १०:५५

काठमाडौं: शिक्षक-कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल...