YouTube Link

कोपा अमेरिकामा उरुग्वेद्वारा चिली पराजित, जापान र इक्वेडरले खेले बराबरी

Khanepani Dhal
Facebook Link

एजेन्सी: कोपा अमेरिका अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा उरुग्वेले चिलीलाई पराजित गरेको छ । उरुग्वेको जितमा एडिन्सन काभानीले खेलको अन्तिम समयमा गरेको गोल निर्णायक सावित भयो ।

काभानीले खेलको ८२औं मिनेटमा विजयी गोल गरेका थिए । खेलको ७०औं मिनेटमा चिलीले अग्रता लिने अवसर गुमाएको थियो । ७०औं मिनेटमा चिलीका डिआजले फ्लिक गरेको बलमा गोलरक्षक फर्नान्डो मुस्लेरा बिट भएपनि डिफेन्डर जोसे जिमिनेजले गोललाइनबाट बचाएका थिए ।

पहिलो हाफमा दुवै टोलीले रक्षात्मक खेल्दै काउन्टर अट्याकमा गोलको प्रयास गरेका थिए । पहिलो हाफको २ मिनेट समय बाँकी रहँदा उरुग्वेले गोल गर्ने मौका पाएको थियो । खेलको २३ औं मिनेटमा सुआरेजले गोलरक्षकलाई बिट गरेपनि प्रहार गर्न ढिलो गर्दा गोलरक्षक आरिआसले बचाऊ गरेका थिए ।

समूहको अर्को खेलमा जापान र इक्वेडर १-१ को बराबरीमा रोकिएपछि जापान समूह चरणबाट बाहिरिएको छ । जापानले शोया नाकाजिमाको गोलमा १५ औं मिनेटमा अग्रता लिएपनि इक्वेडर ३५ औं मिनेटमा गोल फर्कायो । इक्वेडरका लागि एन्जल मेनाले गोल गरेका थिए ।

समूह सी बाट उरुग्वे ३ खेलमा ७ अंकसहित शीर्षस्थानमा रहयो भने चिली ६ अंक सँगै उपविजेताको रुपमा क्वार्टरफाईनलमा प्रवेश गरेको छ । जापान २ अंक र इक्वेडर १ अंकसहित प्रतियोगिताबाट बाहिरिएका छन् ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
चिनियाँ नयाँ वर्षको अवसरमा नेपाली युवा टोली र चीनको युनानले मैत्रीपूर्ण फुटबल खेल्दै

चिनियाँ नयाँ वर्षको अवसरमा नेपाली युवा टोली र चीनको युनानले मैत्रीपूर्ण फुटबल खेल्दै

वि.सं.२०८१ फागुन २ शुक्रवार १८:२९

काठमाडौं: चिनियाँ नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा)...

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

वि.सं.२०८१ फागुन २ शुक्रवार ११:०१

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका...

इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्न रेखा पौडेल नेपाल फर्किँदै

इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्न रेखा पौडेल नेपाल फर्किँदै

वि.सं.२०८१ फागुन २ शुक्रवार १०:२३

काठमाडौं: व्यवसायीक फुटबल खेल्नका लागि युएई पुगेकी नेपाली राष्ट्रिय महिला...

सर्वाधिक कमाउने खेलाडीको सूचीमा रोनाल्डो पहिलो नम्बरमा

सर्वाधिक कमाउने खेलाडीको सूचीमा रोनाल्डो पहिलो नम्बरमा

वि.सं.२०८१ फागुन २ शुक्रवार १०:०५

एजेन्सी: पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो सन् २०२४ मा विश्वकै...

शीर्ष स्थानको लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो

शीर्ष स्थानको लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:३२

एजेन्सी: इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानको लिभरपुल बराबरीमा राकिएको छ...

च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा बायर्नको जित

च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा बायर्नको जित

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:१५

एजेन्सी: बायर्न म्युनिखले च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा जित...