स्थानीय ठेकेदार र खानेपानी आयोजनाबीच दुई बुँदे सहमतिपछि मेलाम्ची निर्माणको अवरोध हट्यो
वि.सं.२०७६ असार १० मंगलवार ०९:०९
783
sharesकाठमाडौं: इटालियन ठेकेदार कम्पनी सिएमसीले काम छाडेको ६ महिनापछि मेलम्ची खानेपानी आयोजनाको अवरोध हटेको छ ।
स्थानीय ठेकेदार, मजदुर तथा आयोजनाबीच भएको छलफलले २ वटा सहमति गरेसँगै निर्माण कार्यमा हुँदै आएको अवरोध सोमबारबाट हटेको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीको समन्वयमा सोमबार छलफल भएको थियो । उक्त छलफलले समस्या समाधानका लागि समिति बनाएको छ भने समितिले तयार पारेको प्रतिवेदन मन्त्रिपरिषद्सम्म पुर्याई समस्या समाधानको पहल गर्ने निर्णय गरेको छ ।
समितिले असार २० गतेसम्म प्रतिवदेन तयार गर्ने र २२ गते खानेपानी बोर्डमा पेस गर्ने सहमति भएको छ । प्रतिवेदन पारित गरेर खानेपानी मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा लैजाने सहमति भएको छ । स्थानीयवासी लगायत निर्माण व्यावसायीहरु डेढ अर्ब भुक्तानी पाउनुपर्ने माग राखेर आन्दोलनमा थिए ।
इटालियन निर्माण कम्पनी सिएमसीले काम छाडेर गएपछि उनीहरुले रकम पाएका छैनन् । सोही विषयलाई लिएर मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको श्रेष्ठ कन्ट्रक्सन कम्पनीका कामदारलाई उनीहरुले केही दिनअघि अवरोध गरी फर्काइदिएका थिए ।
वि.सं.२०७६ असार १० मंगलवार ०९:०९