Health Ad
YouTube Link

आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्ड शीर्ष स्थानमा उक्लियो

Khanepani Dhal
Facebook Link

एजेन्सी: आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकालाई पराजित गर्दै न्युजिल्याण्ड शीर्ष स्थानमा उक्लिएको छ । बिर्मिनघममा हिजो भएको खेलमा दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

वर्षाले प्रभावित हुँदा ४९ ओभरमा झारिएको खेलमा दक्षिण अफ्रिकाले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य न्युजिल्याण्डले ४८ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । न्युजिल्याण्डको जितमा कप्तान केन विलियमसनले शतकीय इनिङ्स खेले । अविजित रहेका विलियमसनले १ सय ३८ बलमा ९ चौका र १ छक्कासहित १ सय ३ रन बनाए । योसंगै विलियमसनले विश्वकपमा आफ्नो पहिलो शतक बनाउन सफल भए । यस्तै कोलिन डी ग्राण्डहोमे ६० रनको अर्धशतकीय इनिङ्स खेले । मार्टिन गुप्टिलले ३५ तथा जेम्स निशमले २३ रन बनाए ।दक्षिण अफ्रिकाका क्रिस मोरिसले ३ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९ ओभरमा ६ विकेट गुमाएर २ सय ४१ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि भान डेर डुसनले अविजित रहदै ६७ तथा हसिम अमलाको ५५ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । त्यस्तै एडिन मार्क्रमले ३८, डेभिड मिल्लरले ३६ तथा कप्तान फाफ डु प्लेसिस २३ रन बनाए । ओपनर क्विनटन डि कक ५ रनमा आउट भए । न्युजिल्याण्डका लोकी फर्गुसनले ३ विकेट लिए । जितसंगै शीर्ष स्थानमा उक्लिएको न्युजिल्याण्डले ५ खेलबाट ९ अंक जोडेको छ । अपराजित न्युजिल्याण्डको चौंथो जित हो ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

वि.सं.२०८२ वैशाख ४ बिहीवार ११:०८

काठमाडौं: शिक्षकहरूले १६ औँ दिन पनि सडक आन्दोलनलाई निरन्तरता दिने...

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

वि.सं.२०८२ वैशाख ४ बिहीवार १०:५४

काठमाडौं: नेपाल प्रहरीका ७५ प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ सईमा...

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

वि.सं.२०८२ वैशाख ३ बुधवार ०९:३२

काठमाडौं: विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै...

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

वि.सं.२०८१ चैत ३१ आइतवार ११:१३

काठमाडौं: दुई दिनमा ९ हजार ६ सय रुपैयाँ बढेको सुनको...

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

वि.सं.२०८१ चैत ३१ आइतवार १०:५५

काठमाडौं: शिक्षक-कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल...