YouTube Link

फिफाको वरियतामा नेपाल गत वर्षभन्दा चार स्थान तल झर्यो

Facebook Link

काठमाडौं: विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा नेपाल गतवर्षभन्दा ४ स्थान तल झरेको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपालको राष्ट्रिय फुटबल टोली गतवर्षभन्दा ४ स्थान तल झरेर १६५ औं स्थानमा पुगेको हो ।

यसअघि नेपाल १६१ औं स्थानमा रहेको थियो । पछिल्ला दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलपछि नेपालको वरियता झन् खस्किएको हो । नेपालले दुई साताअघि मलेसिया र चाईनिज ताईपेइसंग मैत्रीपूर्ण खेल खेलेको थियो । नेपालले फिफा वरियतामा आफूभन्दा तलको मलेसियासंग २-० को हार व्यहोरेको थियो भने आफूभन्दा ३६ औं स्थानमाथिको चाईनिज ताईपेइसँग १-१ गोलको बराबरी खेलेको थियो । दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा छ ।

नेपालभन्दा माथि भारत १०१ औं स्थानमा र माल्दिभ्स १५१ औं स्थानमा रहेको छ । नेपाल भन्दा तल रहेको बंगलादेश १८३ औं, भुटान १८६ औं, श्रीलंका २०१ औं र पाकिस्तान २०३ औं स्थानमा रहेको छ । विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा छ भने फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, ईङ्ल्याण्ड चौंथो र पोर्चुगल पाँचौं स्थानमा रहेका छन् । त्यसैगरी फिफा वरियताको छैठौं स्थानमा क्रोएसिया, सातौंमा स्पेन, आठौंमा उरुग्वे, नवौंमा स्विजरल्याण्ड र दशौं स्थानमा डेनमार्क रहेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...