YouTube Link

ओमानमा तेल ट्याङ्ककरमाथि शंकास्पद आक्रमणमा इरानको हात रहेको अमेरिकाको दावी

Nepali Sena Suvakamana Dashain
Facebook Link

एजेन्सी: ओमानमा दुईवटा तेल ट्याङ्ककरमा क्षति पुग्ने गरी भएको शंकास्पद आक्रमणमा इरानको हात रहेको अमेरिकाले दाबी गरेको छ । यद्यपि, उक्त आरोपलाई इरानले अस्वीकार गरेको छ । निकै व्यस्त तेल निर्यात मार्ग नजिकै रहेका दुईवटा तेल ट्याङ्ककरमाथि बिहीबार आक्रमण भएको थियो ।

ओमानको खाडीमा भएको उक्त आक्रमणमा इरानको हात रहेको गोप्य सूचना पाएको भन्दै अमेरिकी विदेशमन्त्रीले दाबी गरे पनि इरानले त्यसको लगातार खण्डन गरिरहेको छ । इरानले आक्रमणको खण्डन गरेपनि अमेरिकाले एउटा भिडियो फूटेज सार्वजनिक गर्दै हमलाको जिम्मेवार इरान भएको जिकिर कायम राखेको छ । उक्त भिडियो फुटेजमा देखिएका व्यक्तिहरु इरानी रिभोलुस्नरी गार्डका सदस्यहरु भएको अमेरिकी सेनाका प्रवक्ताले दाबी गरेका छन् ।

‘अमेरिकी सेन्ट्रल कमान्डले भिडियो मात्रै सार्वजनिक गरेको छैन, घटनाको तयारीको योजनासमेत सार्वजनिक गरेको छ’ अमेरिकी सैनिक प्रवक्तालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन । भिडियोमा कसैले प्रत्यक्ष आक्रमण गरेको नदेखिए पनि शंकास्पद रहेका मान्छेहरुलाई देखाइएको छ । अमेरिकाले उनीहरुले नै आक्रमण गरेको दाबी गरेको छ ।

गत मे महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि प्रतिबन्धको घोषणा गरेसँगै मध्यपूर्वमा अमेरिका इरानबीचको तनाव दिनदिनै बढ्दो अवस्थामा छ । हमलापछि अमेकिराले कुनै पनि प्रकारका आतंकवादी गतिविधिलाई अमेकिराले सहन नसक्ने भन्दै त्यसको जवाफ दिने बताएको छ । तेल ट्याङ्करमाथि भएको हमलापछि तेलको अन्तर्राष्ट्रिय मुल्यमा वृद्धी हुने आशंका गरिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:१३

काठमाडौं: नेपालीहरुको महान् पर्व बडादशैँ पर्व, धन धान्य एवं सम्पन्नताकी...

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...