दशौँ चरण अन्तर्गत आज तीन खेलहरु हुँदै, दुई खेल दशरथ रंगशालामा र एक खेल एन्फा कप्लेक्समा हुने
वि.सं.२०७८ माघ २९ शनिवार ०८:०८
2.1K
shares
काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दशौँ चरण अन्तर्गत आज तीन खेलहरु हुँदैछ ।
लिग अन्तर्गत दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा र एक खेल एन्फा कप्लेक्समा हुनेछ ।
पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र च्यासल युथ क्लबबीच दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुनेछ ।
सातदोबाटोस्थित एन्फा कप्लेक्समा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबबीचको खेल पनि १ बजे सुरु हुनेछ । पुलिस १० अंक जोडेर दशौँ स्थानमा छ । सातदोबाटो १२ अंक जोडेर सातौं स्थानमा छ ।
मछिन्द्र ९ खेलमा २३ अंक जोडेर शीर्ष स्थानमा छ । च्यासललाई हराएर मछिन्द्र शीर्ष स्थानको अग्रता थप फराकिलो बनाउन चाहन्छ ।
च्यासल ९ खेलमा ५ अंक जोडेर पुछारमा रहेको छ । रेलिगेसनबाट बच्न च्यासललाई यो जित्ने पर्ने दवावमा छ ।
यसैबीच दशरथ रंगशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।
मनाङ ९ खेलमा १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
मनाङ थ्री स्टारलाई हराएर उपाधि होड कायम राख्न चाहन्छ ।
थ्री स्टार १६ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
थ्री स्टार पनि मनाङलाई हराएर तेस्रो स्थानमा उक्लन चाहन्छ ।
वि.सं.२०७८ माघ २९ शनिवार ०८:०८



















