YouTube Link

प्रधानमन्त्री कप टी-ट्वान्टी क्रिकेटः उपाधिका लागि एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने

Facebook Link

 

 

काठमाडौं: एपीएफ क्लब प्रधानमन्त्री कप (पीएम कप) टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

 

दोस्रो सेमिफाइनल अन्तर्गत टियु क्रिकेट मैदानमा अर्का विभागीय क्लब त्रिभुवन आर्मीलाई ४७ रनले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।

 

एपीएफले दिएको २ सय ३१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा आर्मी १ सय ८३ रनमै सिमित भयो । आर्मीले ९ विकेट गुमायो ।

 

आर्मीका लागि राजेश पुलामीले २१ बलमा सर्वाधिक ३८ रन जोडे ।

 

उनले एक चौका र ४ छक्का प्रहार गरेका थिए ।

 

भिम सार्कीले १९ बलमा ३५ रन जोडे ।

 

एपीएफका लागि शरद भेषावकरले सर्वाधिक तीन विकेट हात पारे ।

 

अविनाश बोहरा र भुवन कार्कीले दुई/दुई विकेट लिए ।

 

किशोर महतो र दिपक बोहराले एक/एक विकेट हात पारे ।

 

टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको एपीएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउदै २ सय ३० रन जोड्यो ।

 

एपीएफका लागि आसिफ शेखले सर्वाधिक ८४ रनको योगदान गरे ।

 

आसिफले ४३ बल खेल्दै १० चौका र ५ छक्का प्रहार गरे ।

 

आर्मीका जितेन्द्र मुखिया र सुमित श्रेष्ठले एक/एक विकेट हात पारे ।

 

यसअघि पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको छ ।

 

जितका लागि १ सय ५६ रनको लक्ष्य पछ्याएको बागमतीले निर्धारित ओभरमा ८ विकेट गुमाउदै १ सय ५ रनमा सिमित भएपछि पुलिसको जित सुनिश्चित भएको हो ।

 

बागमतीका लागि आदिल खानले सर्वाधिक २७ रनको योगदान गरे ।

 

कप्तान ज्ञानेन्द्र मल्लले १६ बलमा २३ रन जोड्दा चार चौका प्रहार गरे ।

 

पुलिसका दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५ विकेट लिए ।

 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५५ रन जोड्यो ।

 

पुलिसका लागि ओपनर पवन सर्राफले अर्धशतकिय इनिङ्स खेले ।

 

पवनले ५४ बलमा ३ चौका र ३ छक्काको मदतमा ५९ रनको योगदान गरे ।

 

बागमतीका नन्दन यादव र रिजन ढकालले समान दुई/दुई विकेट हात पारे ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...