YouTube Link

प्रधानमन्त्री कप टी-ट्वान्टी क्रिकेटः उपाधिका लागि एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने

Facebook Link

 

 

काठमाडौं: एपीएफ क्लब प्रधानमन्त्री कप (पीएम कप) टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

 

दोस्रो सेमिफाइनल अन्तर्गत टियु क्रिकेट मैदानमा अर्का विभागीय क्लब त्रिभुवन आर्मीलाई ४७ रनले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।

 

एपीएफले दिएको २ सय ३१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा आर्मी १ सय ८३ रनमै सिमित भयो । आर्मीले ९ विकेट गुमायो ।

 

आर्मीका लागि राजेश पुलामीले २१ बलमा सर्वाधिक ३८ रन जोडे ।

 

उनले एक चौका र ४ छक्का प्रहार गरेका थिए ।

 

भिम सार्कीले १९ बलमा ३५ रन जोडे ।

 

एपीएफका लागि शरद भेषावकरले सर्वाधिक तीन विकेट हात पारे ।

 

अविनाश बोहरा र भुवन कार्कीले दुई/दुई विकेट लिए ।

 

किशोर महतो र दिपक बोहराले एक/एक विकेट हात पारे ।

 

टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको एपीएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउदै २ सय ३० रन जोड्यो ।

 

एपीएफका लागि आसिफ शेखले सर्वाधिक ८४ रनको योगदान गरे ।

 

आसिफले ४३ बल खेल्दै १० चौका र ५ छक्का प्रहार गरे ।

 

आर्मीका जितेन्द्र मुखिया र सुमित श्रेष्ठले एक/एक विकेट हात पारे ।

 

यसअघि पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको छ ।

 

जितका लागि १ सय ५६ रनको लक्ष्य पछ्याएको बागमतीले निर्धारित ओभरमा ८ विकेट गुमाउदै १ सय ५ रनमा सिमित भएपछि पुलिसको जित सुनिश्चित भएको हो ।

 

बागमतीका लागि आदिल खानले सर्वाधिक २७ रनको योगदान गरे ।

 

कप्तान ज्ञानेन्द्र मल्लले १६ बलमा २३ रन जोड्दा चार चौका प्रहार गरे ।

 

पुलिसका दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५ विकेट लिए ।

 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५५ रन जोड्यो ।

 

पुलिसका लागि ओपनर पवन सर्राफले अर्धशतकिय इनिङ्स खेले ।

 

पवनले ५४ बलमा ३ चौका र ३ छक्काको मदतमा ५९ रनको योगदान गरे ।

 

बागमतीका नन्दन यादव र रिजन ढकालले समान दुई/दुई विकेट हात पारे ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...