YouTube Link

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदै, दुई दशरथ रंगशाला र एक खेल पोखरामा हुँदै

Facebook Link

काठमाडौं: जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज शनिबार तीन खेलहरु हुँदैछन् ।

जसमा दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र एक खेल मोफसल पोखरा रंगशालामा हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्री स्टार क्लब र जवालाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

थ्री स्टार र जवालाखेलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

थ्री स्टार ६ खेलमा ७ अंक जोडेर लिगको आठौं स्थानमा छ ।

जावलाखेल ६ खेलमा ७ अंक जोडेर नवौं स्थानमा छ ।

यस्तै पोखरा रंगशालामा मनाङ मर्स्याङ्दी क्लब र ब्रिगेड ब्वाइजबीच खेल हुनेछ ।

मनाङ र ब्रिगेडबीचको खेल दिउँसो २ बजे हुनेछ ।

मनाङ ६ खेलमा १३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

एएफसी कप छनोट खेल्नका लागि मनाङलाई ब्रिगेडविरुद्ध जित्नैपर्ने हुन्छ ।

ब्रिगेड ६ खेलमा ५ अंक जोडेर लिगको १२ औं स्थानमा छ ।

यसैबीच दशरथ रंगशालामा हुने अर्को खेलमा संकटा क्लब र च्यासल युथबीच प्रतिस्पर्धा हुनेछ ।

संकटा र च्यासलबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।

संकटा ६ खेलमा १२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

च्यासल ४ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...