YouTube Link

च्याम्पियन युभेन्ट्स साम्पडोरियासँग पराजित

Facebook Link

एजेन्सी: च्याम्पियन युभेन्ट्स इटालियन सिरी ‘ए’ फुटबलको अन्तिम खेलमा पराजित भएको छ । आईतबार राति भएको सिजनको अन्तिम खेलमा युभेन्ट्स साम्पडोरियासंग २-० ले पराजित भएको हो ।

घरेलु मैदानमा साम्पडोरियालाई जित दिलाउन ग्रेगोइरे डेफ्रेल र गिन्लुका कप्रारीले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुई गोल गर्दै साम्पडोरियाले जित निकालेको हो । खेलको ८४ औं मिनेटमा डेफ्रेलले गोल गर्दै साम्पडोरियालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ९० औं मिनेटमा कप्रारीले गोल गर्दै घरेलु टोलीलाई जित दिलाए ।

स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको युभेन्ट्सले सिजनको अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्न सकेन । बल पोजिसनमा पकड जमाएपनि युभेन्ट्स गोल गर्न असफल भएको थियो । हारसंगै च्याम्पियन युभेन्ट्सले सिजनको खराब अन्त्य गरेको छ । यसअघि नै च्याम्पियन बनेको युभेन्ट्सले यस सिजन ३८ खेलबाट ९० अंक जोड्यो । ५३ अंक जोडेको साम्पडोरिया नवौं स्थानमा रह्यो ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
महिला लिगमा विभागीय टोली एपिएफको पहिलो जित

महिला लिगमा विभागीय टोली एपिएफको पहिलो जित

वि.सं.२०८१ भदौ २२ शनिवार १५:२३

काठमाडौं: विभागीय टोली एपिएफले महिला लिगमा पहिलो जित हासिल गरेको...

पलेशा गोवर्धनको विमानस्थलमा भव्य स्वागत सहित नगर परिक्रमा

पलेशा गोवर्धनको विमानस्थलमा भव्य स्वागत सहित नगर परिक्रमा

वि.सं.२०८१ भदौ १९ बुधवार १०:०३

काठमाडौं: पेरिस पारा ओलम्पिक खेलकुदमा ऐतिहासिक कास्य पदक जितेकी पलेशा...

एन्जिलाले युरोपियन क्लव निस एट्रोमिटोउबाट व्यवसायिक फुटबल खेल्ने

एन्जिलाले युरोपियन क्लव निस एट्रोमिटोउबाट व्यवसायिक फुटबल खेल्ने

वि.सं.२०८१ भदौ १८ मंगलवार १०:२०

काठमाडौं: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला...

पलेशाले दिलाईन नेपाली खेलकुदमा अहिलेसम्मकै सबैभन्दा ठूलो पदक, सरकारबाट ६५ लाख पुरस्कार प्राप्त गर्ने

पलेशाले दिलाईन नेपाली खेलकुदमा अहिलेसम्मकै सबैभन्दा ठूलो पदक, सरकारबाट ६५ लाख पुरस्कार प्राप्त गर्ने

वि.सं.२०८१ भदौ १५ शनिवार १०:२७

काठमाडौं: नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारालिम्पिकमा ऐतिहासिक कांस्य पदक...

महिला भलिबल खेलाडीले पाए जनही तीन लाख पुरस्कार

महिला भलिबल खेलाडीले पाए जनही तीन लाख पुरस्कार

वि.सं.२०८१ भदौ १३ बिहीवार ११:३८

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग-२०२४’...

१७औँ संस्करणको पारा ओलम्पिक पेरिसमा भव्य उद्घाटन

१७औँ संस्करणको पारा ओलम्पिक पेरिसमा भव्य उद्घाटन

वि.सं.२०८१ भदौ १३ बिहीवार ११:१७

एजेन्सी: पारा ओलम्पिक खेलकुद प्रतियोगिताको १७औँ संस्करण फ्रान्सको राजधानी सहर...