YouTube Link

सोमपाल कामीको लगातार विकेट, युएईको तेस्रो ओभरमै दुई विकेट गुम्यो

Facebook Link

टस हारेर फिल्डिङको निम्तो पाएको नेपालका लागि सोमपाल कामीले लगातार विकेट लिएका छन्।

पहिलो ओभरमै विकेट लिएका सोमपालले आफ्नो व्यक्तिगत दोस्रो ओभरमा पनि विकेट लिए।

कामीले पहिलो ओभरको अन्तिम बलमा आस्फाक अहमदलाई ४ रनमा आउट गर्दै पहिलो सफलता दिलाएका थिए। अहमदलाई उपकप्तान ज्ञानेन्द्र मल्लले क्याच गरेका हुन्।

यस्तै तेस्रो ओभरमो तेस्रो बलमा युएईका गुलाम सहबर ६ रनमा आउट भए। उनलाई विकेट किपर प्रदीप ऐरीले क्याच गरे।

तीन टी-२० सिरिजको पहिलो खेलमा २१ रनले पराजित भएको नेपालले सिरिजमा रहिरहन आजको खेल जित्नै पर्ने दबाब छ।

पहिलो खेलमा सुरूवाती र मिडिल अर्डर राम्रोसँग चल्न नसक्दा पराजित हुनु परेको नेपालका लागि आजको खेलमा यो गल्ति सच्याउँदै मौका समेत हुनेछ।

दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा हुने खेलमा नेपाली टोलीले आज दुई परिवर्तन गरेको छ।

टोलीमा बसन्त रेग्मी र रोहित पौडेलको स्थानमा पवन सर्राफ र ललितनारायण राजवंशीलाई मौका दिइएको छ।।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...