YouTube Link

आयोजक युएईलाई हराउँदै कतार पहिलो पटक एसियन कपको फाइनलमा

Facebook Link

घरेलु टोली युएईलाई हराउँदै कतार एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

दोस्रो सेमिफाइनलमा कतारले आयोजक संयुक्त अरब इमिरेट्स (युएईं) लाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै पहिलो पटक एसियन कपको उपाधिनजिक पुगेको हो।

मोहम्मेद विन जायद स्टेडियममा कतारलाई जिताउन बोउलिम खोउकी, अल्मोइज अली, हसान अल हाइडोज र हामिद इस्मेलले एक-एक गोल गरेका थिए।

खेलको २२ औं मिनेटमा बोउलिम खोउकीको गोलबाट खेलमा सुरूवाती अग्रता बनाएको कतारले ३७औं मिनेटमा अल्मोइज अलीले अग्रता दोब्बर पारे।

पहिलो हाफमा २–० को अग्रता बनाएको कतारले दोस्रो हाफमा थप दुई गोल गर्‍यो।

खेलको ८१औं मिनेटमा हसन अल आइडोजले गोल गर्दै कतारलाई ३-० को अग्रता दिलाए।

खेलको अन्त्यतिर घरेलु टोली १० खेलाडीमा समेटिएको थियो। युएईंका इस्मेल अहमेदले कतारका सलिम अल हाजरीलाई फल गरेपछि रेफ्रीले भिएआरको सहायतामा रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए।

सुरूदेखिनै खेलमा हाबी भएको कतारले त्यसपछि थप फाइदा उठायो। खेलको इन्ज्युरी समयमा हामिद इस्मेलले गोल गर्दै कतारलाई ४–० को फराकिलो जित दिलाउँदै पहिलो पटक एसियन कपको फाइनलमा पुर्‍याए।

घरेलु टोली युएईंले कुनै पनि समय कतारको पोस्टमा गतिलो आक्रमण बुन्न नसक्दा फराकिलो पराजय व्यहोर्नु पर्‍यो।

आगामी सन् २०२२ को विश्वकप आयोजक कतारले पछिल्लो केही वर्षयता फुटबला राम्रो सुधार गरिरहेको छ। अब कतारले उपाधिका लागि चार पटकको च्याम्पियन जापानको सामाना गर्नेछ। जापानले इरानलाई ३–० ले हराउँदै फाइनलमा स्थान बनाइसकेको थियो। फाइनल खेल फ्रेब्रुअरी १ मा हुनेछ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...