YouTube Link

कीर्तिमानी सातौं पटक बालोन डी ओर अवार्ड मेस्सीलाई, महिलातर्फ बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन्

Facebook Link

 

एजेन्सीः अर्जेन्टिनाका कप्तान तथा पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड लियोनल मेस्सीले बालोन डी ओर अवार्ड जितेका छन् ।

 

मेस्सीले २०२१ को उत्कृष्ट खेलाडी बन्दै बालोन डी ओर अवार्ड जितेका हुन् ।

 

फ्रेन्च फुटबलले सोमबार राति एक विशेष समारोहकाबीच मेस्सीलाई बालोन डी ओर अवार्ड प्रदान गरेको छ ।

 

मेस्सीले कीर्तिमानी सातौं पटक बालोन डी’ओर अवार्ड जितेका हुन् ।

 

यस अघि मेस्सीले २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा अवार्ड जितेका थिए ।

 

मेस्सीले रोबर्ट लेवान्डोस्की र जोगिन्होलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

 

मेस्सी बालोन डी ओर जित्ने पीएसजीका पहिलो खेलाडी समेत बनेका छन् ।

 

म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड रोनाल्डो छैटौं स्थानमा रहे ।

 

मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए ।

 

फ्रेन्च फुटबलले खेल पत्रकार, राष्ट्रिय टिमका कप्तान र प्रशिक्षकहरुको भोटको आधारमा विजेता घोषणा गरेको हो  ।

 

महिलातर्फको बालोन डी’ओर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् ।

 

यस्तै जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले ‘स्ट्राइकर अफ दि इयर हात पारे ।

 

बार्सिलोनाका स्पेनिस मिडफिल्डर पेड्रीले यू-२१ को उत्कृष्ट खेलाडी बन्दै कोपा ट्रफी प्राप्त गरे ।

 

इटालीका गोलकिपर जियानलुगी डोनारुम्माले यासिन ट्रफी प्राप्त गरे ।

 

क्लब अफ दि इयरको अवार्ड चेल्सीले जितेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...